“आईएमई हात हुँदैन खाली” योजनाको तेस्रो र चौथो हप्ताका विजेता घोषित

Technology Khabar ७ कार्तिक २०७३, आईतवार

“आईएमई हात हुँदैन खाली” योजनाको तेस्रो र चौथो हप्ताका विजेता घोषित
image description
Classic Tech
Nepal Telecom

काठमाडौं, ७ कात्तिक । रेमिटेन्स कम्पनी आईएमई लिमिटेडले विजया दशमी–२०७३ लक्षित सेवाग्राहीमुखी प्रवद्र्धनात्मक योजना अन्तर्गत तेस्रो र चौथो हप्ताका भाग्यशाली विजेता घोषित गरेको छ । आईएमई कन्ट्रोल नम्बर ९०६७६४८६५६४ र १२३९०३९४३२५ मा क्रमशः मलेसिया र डेनमार्कबाट पैसा पठाउने आईएमई सेवाग्राही आङ्ग नर्बु शेर्पा र सरोज श्रेष्ठ भाग्याशाली घोषित भएका छन् । बिजेता दुबैले युएम पावर म्याक्स स्कुटी प्राप्त गर्नेछन् । पुरस्कार बिजेताले सिफारिस गरेका नेपालमा हुने आफन्तले प्राप्त गर्ने  कम्पनीले जनाएको छ ।

यहि असोज १ गतेदेखि ३० गतेसम्म एक महिना संचालन भएको “आईएमई हात हुँदैन खाली” योजनामा नेपालका १४७ आईएमई सेन्टर सहित ५,२०० भन्दा बढी रेमिटेन्स भुक्तानी काउण्टर तथा साझेदार बैंक तथा वित्तीय संस्थाका शाखाका सेवाग्राही सहभागी भएको कम्पनीले जानकारी दिएको छ ।

यो योजनामा विदेशबाट आईएमई गर्नेको हकमा प्राप्तकर्ताले आईएमई ब्रान्डेड टि -सर्ट, क्याप, टर्च, सपिङ्ग झोला, पेन, स्टेशनरी सेट आदि निश्चित  उपहार पाउने व्यवस्था मिलाईएको थियो । यसका साथै दैनिक लक्की ड्र मा विजयी हुने १० जनालाई जनही २ वटाका दरले चन्द्रागिरि केबलकारको टिकट उपलब्ध गराईएको थियो भने साप्ताहिक लक्की ड्र मा विजयी हुनेलाई प्रत्येक हप्ता १ जनाको दरले चार थान यूएम स्कुटर उपहार स्वरूप प्राप्त गर्न सक्ने व्यवस्था गरिएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ७ कार्तिक २०७३, आईतवार

Comments are closed.

Loading...