सीजीकाे ब्लेज सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन बजारमा

Technology Khabar ७ कार्तिक २०७३, आईतवार

सीजीकाे ब्लेज सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन बजारमा

काठमाडौं ।

काठमाडौं, ७ कात्तिक । सीजी मोबाइल कम्पनीले नेपाली बजारमा नयाँ दुई बजेट स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इओन ब्लेज सिरिज अन्तर्गतका इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो बजेट स्मार्टफोन बजारमा भित्र्याएको हो ।

कम्पनीले बजारमा ल्याएको इओन ब्लेज सिक्समा ६ इन्चको एचडी डिस्प्ले छ । फोनमा १३ मेगा पिक्सेलको रियर र सेल्फीका लागि ५ मेगा पिक्सलको क्यामेरा जडान छ । यस स्मार्टफोनमा नयाँ प्रविधी र बिशेषताहरु पनि रहेको कम्पनीले जानकारी दिएको छ । blaze-60

एन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्री छ । १ जीबी र्‍याम छ भने १६ जीबी इन्टरनल स्टोरेज क्षमता छ । यसको कम्पनी मूल्य ११ हजार १ सय ११ रुपैयाँ तोकिएको छ ।

यसैगरी इओन ब्लेज प्रोमा भने ५.५ इन्चको डिस्प्ले छ । यो स्मार्टफोनमा १३ मेगा पिक्सलको रियर र ५ मेगा पिक्सलको फ्रन्ट क्यामेरा छ ।

२४ सय एमएएच पावर ब्याट्री रहेको मोबाइल सेटमा १ जीबीको र्‍यामको साथमा १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ । यो स्मार्टफोन नेपाली बजारमा ९ हजार ६ सय ९९ रुपैयाँमा बजारमा किन्न सकिने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ कार्तिक २०७३, आईतवार

ताजा समाचार