सामसंगको ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा आईरिस स्क्यानर

Technology Khabar ५ कार्तिक २०७३, शुक्रबार

सामसंगको ग्यालेक्सी एस एटमा ड्यूल क्यामरा तथा आईरिस स्क्यानर

काठमाडौं ।

काठमाडौं, ५ कात्तिक । सामसंगले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस एटमा (Galaxy S8) ड्यूल क्यामरा सेटअप (dual camera) ल्याउने योजना गरेको छ ।

कम्पनीले ग्यालेक्सी नोट सेभेनको लेन्स आपूर्ति गर्ने आपूर्तिकर्ताहरुलाई वित्तिय घाटा रोक्नका लागि नयाँँ स्मार्टफोनमा आईरिस स्क्यानर तथा ड्यूल लेन्स रियर फेसिंग क्यामरा राख्ने योजना गरेको कोरियाबाट आएको एक रिपोर्टमा उल्लेख छ ।

सामसुंगले आइरिस स्क्यानर, जुन ग्यालेक्सी नोट सेभेनको महत्वपूर्ण विशेषताको रुपमा रहेको थियो, तथा हाल उच्च तहका प्रिमियम स्मार्टफोनहरुमा प्रयोग भईरहेको ड्यूल लेन्स क्यामरा फिचर पनि राख्ने योजना गरेको छ ।

ड्यूल क्यामरा सेटअपले आपूर्तिकर्ताहरुको आम्दानीमा वृद्धि हुने छ । सामसंग इलेक्ट्रो-मेकानिक्सले नोट सेभेनमा क्यामरा मोड्यूल आपूर्ति गरेको थियो भने सेकोनिक्सले (Sekonix) स्मार्टफोन क्यामराहरुको लागि लेनस बनाउँछ । त्यसैगरी कोलेनले (Kolen) आइरिस स्क्यानरहरुका लागि लेन्स निर्माण गर्दछ । प्याट्रोन (Patron) तथा एमसीएनईएक्सले (MCNEX) नोट सेभेनका लागि आइरिस स्क्यानरहरु बनाईरहेकोमा ग्यालेक्सी एस एटमा पनि बायोमेट्रिक सेन्सर बनाउनेछन् ।

सामसंग मोबाइलका प्रमुख कोह डोंग जीनले नोट सेभेन घोषणा कार्यक्रममा एस एटमा सुधारिएको आइरिस स्क्यानर प्रविधि राखिने जानकारी दिएका थिए ।

स्रोत माध्यम

easy care

प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार

ताजा समाचार