हिमालय एअरलाइन्सद्वारा कोलम्बो उडानमा विशेष टिकटदर अफर

Technology Khabar ५ कार्तिक २०७३, शुक्रबार

हिमालय एअरलाइन्सद्वारा कोलम्बो उडानमा विशेष टिकटदर अफर

काठमाडौं ।

काठमाडौ, ५ कात्तिक । हिमालय एअरलाइन्सले काठमाडौँबाट कोलम्बो घुम्न जाने योजना बनाइरहेका ग्राहकहरुका लागि आकर्षक टिकटदर अफर ल्याएको छ । कम्तिमा पनि दुइ जना सदस्य रहनुपर्ने परिवारको लागि एअरलाइन्स्ले दई तर्फी भाडादर रु. ३५,१५२ (प्रति व्यति) तोकिएको तर सो मूल्यमा ट्याक्स कायम गरिएको छैन ।

उक्त अफरअनुसारको टिकटदर पुष १६ गतेसम्म लागू हुनेछ भने इच्छुक ग्राहकहरुले कार्तिक १४ गतेसम्म टिकट खरीद गरीसक्नु पर्नेछ ।

एअरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले भने,“कोलोम्बो छट्टी मनाउनका साथ सँकृति प्रवर्धन गर्नको लागि परिचीत गराइएको एउटा नयाँ गन्तब्य हो । सोहि कुरालाई मध्यनजर गरेर एअरलाइन्सले ग्राहकहरु, जो आफ्नो परिवार सँग गुणस्तरीय समय विताई अविशमरणीय यादहरु समेट्न चाहन्छन्, उनीहरुलाई लक्षित गरेर आकर्षक टिकटदरको अफर ल्याएको हो ।”

ग्राहकहरुले उक्त सेवाको टिकट एअरलाइन्स्को सेल्स र रिजर्भेशन कार्यालय अथवा ट्राभल एजेन्टहरुबाट बुक गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार

ताजा समाचार