दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

Technology Khabar ५ कार्तिक २०७३, शुक्रबार

दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने

काठमाडौं, ५ कात्तिक । तिहार तथा छट पर्वको अवसर पार्दै “रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि”  भन्ने नाराका साथ फ्लोरिकल्चर एसोशिएसन नेपालको आयोजनामा दशौं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी हुने भएको छ ।

गोदावरी फूलको व्यवसायीक विकास, बिस्तार तथा प्रबद्र्धन गर्ने उदेश्यले दशौ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी यहि २०७३ कार्तिक १० देखि १३ गतेसम्म ४ दिन जावलाखेलको खेल मैदान, ललितपुरमा संचालन गरिन लागेको संस्थाका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

मेलाबाट पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवाप्रति अभिरुची राख्ने, यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने विश्वास फ्यानकाे छ ।

नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाश तथा विस्तार संग संगै पुष्प व्यवसायको केन्द्र काठमाण्डौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, काभ्रे, विराटनगर, धरान, धनगढी  लगायतका सहरहरुमा फैलदो स्थितिमा छ । आ.ब. २०७२÷७३ सम्म पुष्प व्यवसाय हाल ३९ जिल्लामा लगभग ६७५ पुष्प फर्म/नर्सरीहरु बिस्तार भईसकेको छ ।

करिब १४७ हेक्टर क्षेत्रफलमा पुष्प व्यवसाय भईरहेको र ४१,००० भन्दा बढि व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आश्रित र रोजगारी उपलब्ध गराई रहेको यस व्यवसायले आ.ब. २०७२÷७३ जम्मा १ अर्व ३४ करोड भन्दा बढिको कारोबार गर्न सफल भएको संस्थाले दाबी गरेको छ ।

TK Viber

प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार

Loading...