एक्सीएमजीको एक्साभेटर बजारमा

Technology Khabar ५ कार्तिक २०७३, शुक्रबार

एक्सीएमजीको एक्साभेटर बजारमा
NTC_Advt

काठमाडौं, ५ कात्तिक । आईडिएमसी प्रा.लि.ले एक्सीएमजीको एक्सई २१५ मोडेलको एक्साभेटर नेपाली बजारमा ल्याएको छ । चीनियाँ कम्पनी एक्सीएमजी ब्राण्डको यो २१.५ टनको एक्साभेटरमा विश्व बिख्यात जापानीज इसुजु कम्पनीको ईन्जीनका साथै जापानीज कावाशाकी कम्पनिद्धारा निर्मित हाईड्रोलिक्स जडान गरिएको छ ।

नेपालमा यो मेशिन बिक्री शुभारम्भको अबसरमा सबै खरिदकर्ताहरुको एक जोडीलाई कम्पनीको फ्याक्ट्री अवलोकनसहित ५ रात ६ दिनको चीन भ्रमणको अवसर समेत उपलब्ध गराउने कम्पनीका प्रबन्ध निर्देशक पुरुषोत्तम सुबेदीले जानकारी दिए । यो योजना १५ नोभेम्बर २०१६ सम्म लागु हुने जनाइएको छ ।

यो एक्साभेटरको बजार मुल्य रु. ८५ लाख रहेको छ ।

बिक्री पछिको सेवा संभारका लागि कम्पनिले भक्तपुरको सानोठिमीस्थीत आफ्नै मर्मत संभारकेन्द्रको स्थापना गरी चाईनीज बिषेशज्ञ ईन्जिनियर समेत उपलब्ध गराएको जानकारी दियो ।

एक्सीएमजीको रोड रोलर, सोयल कम्प्याक्टर, डबल ड्रम कम्प्याक्टर, ब्याकहो लोडर, लोडर, मोटर ग्रेडर, मोबाइल क्रेन, लरी क्रेन, क्वाइलर क्रेन, डिजेलबाट चलाउन सकिने फोर्कलिफ्ट ट्रक, मोबाइल टावर क्रेन समेत आईडिएमसीले नेपाली बजारमा उपलब्ध गराउदै आएको जानकारी दिएको छ ।

प्रकाशित: ५ कार्तिक २०७३, शुक्रबार