आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

Technology Khabar ४ कार्तिक २०७३, बिहीबार

आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्तिको आवेदन खुल्ला

काठमाडौं ।

काठमाडौं, ४ कात्तिक । आईएमई तथा ग्लोबल आईएमई बैंकले हिसान तथा प्याब्सनको सहकार्यमा शैक्षिक सत्र २०७३ का लागि “आईएमई ग्लोबल आईएमई आकांक्षा छात्रवृत्ति” का लागि आवेदन आह्वान गरेको छ ।

उक्त छात्रवृत्ति अन्तर्गत सार्वजनिक, नीजि तथा सामुदायीक विद्मालयमा कक्षा १ देखि ११ कक्षासम्म अध्ययनरत आर्थिक रुपमा विपन्न जेहेन्दार तथा मेहनती विधार्थीबाट प्राप्त हुने आउने सदर आवेदनका आधारमा एक शैक्षिक सत्र अथवा शैक्षिक सत्र २०७३ का लागि छात्रवृत्ति प्रदान गरिने बताईएको छ ।

आईएमई लिमिटेड एवम् ग्लोबल आईएमई बैंकबाट व्यवस्थापन मिलाईने कुल दश लाख छात्रवृत्ति कोषबाट एक शैक्षिक सत्रका लागि एक सय जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने छ । ईच्छुक विद्यार्थीले कम्तिमा दुई बर्ष अघिदेखिका शैक्षिक प्रमाणपत्र र सम्बन्धित विद्यालय प्रधानाध्यापकको सिफारिस सहित यही कात्तिक ३० सम्म आवेदन दिनुपर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ४ कार्तिक २०७३, बिहीबार