पञ्चकन्याका दुई नया एस एस ट्याङ्क

Technology Khabar ३ कार्तिक २०७३, बुधबार

पञ्चकन्याका दुई नया एस एस ट्याङ्क

काठमाडौं ।

काठमाडौं, ३ कात्तिक । पञ्चकन्याले नेपालमा पहिलो पटक अत्याधुनिक प्रविधि प्रयोग गरी ३१६ ग्रेडको ट्याङ्क बजारमा ल्याएको छ । ३१६ ग्रेडका ट्याङ्कहरु बढी खीया प्रतिरोधात्मक र मिरर फिनिस्ड् भएको हुँदा अन्य ट्याङ्कको दाँजोमा पानी छिटो तात्न नपाउने कम्पनीको भनाई छ ।

लक गर्न मिल्ने बिर्को भएकोले कुनै किमिमको कीरा, फोहर आदि पस्न सक्दैन । साथै स्ट्याण्ड सहित हुनाले ट्याङ्क रहेको स्थान समेत सरसफाई गर्न सजिलो हुन्छ र राख्ने स्थान समेत कम भए पुग्ने दाबी गरिएको छ । हाल यी ट्याङ्कीहरु १०००, १५००, २०००, ३०००, ४००० र ५००० लिटर क्षमतामा उपलब्ध छन् ।

साथै पञ्चकन्याले ३०४ ग्रेडका ट्याङ्कहरु होरिजेन्टल डिजाइनमा समेत उत्पादन सुरु गरेको जानकारी दिएको छ ।

यी दुवै थरी ट्याङ्कमा कुनै म्यानुफ्याक्चरिङ्ग डिफेक्ट भएमा तुरुन्त साट्न सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: ३ कार्तिक २०७३, बुधबार