Technology Khabar २ कार्तिक २०७३, मंगलवार
काठमाडौं, २ कात्तिक । एप्पलले नयाँ म्याकबुक छिटै सार्वजनिक गर्ने नयाँ रिपोर्ट बाहिर आएको छ । जापानको माकोटाकाराले सार्वजनिक गरेको एक रिपोर्टअनुसार नयाँ म्याकबुक प्रो (MacBook Pro) यहि महिना सार्वजनिक हुन लागेको हो ।
विश्वसनिय चीनियाँ सप्लायरलाई उदृत गर्दै उक्त रिपोर्टले एप्पलले छिटै यसको घोषणा गर्ने र रिटेलरहरुकोमा ढुवानी गरिने दाबी गरेको छ । नयाँ सार्वजनिक हुने म्याकबुक प्रोहरुमा यूएसबी टाइप सी (USB Type-C) सपोर्ट गर्ने अपेक्षा गरिएको छ भने थन्डरबोल्ट ३ हुने अनुमान छ । त्यसैगरी यसमा परम्परागत यूएसबी पोर्टहरु पनि राखिने बताईएको छ ।
उक्त रिपोर्टअनुसार एप्पलले ११ इन्चको म्याकबुक एयर (MacBook Air) मोडल उत्पादन गर्न बन्द गर्ने दाबी छ भने १३ इन्चको मोडललाई बजारमा निरन्तरता दिने उल्लेख छ । यसअघि पनि म्याकबुक एयर लाइनअपको बारेमा विभिन्न शंकाहरु उब्जिएका थिए ।
नयाँ म्याकबुक प्रोमा टच आईडी तथा ओएलईडी टच प्यानल प्रयोग हुने अपेक्षा गरिएको छ भने यो अझ पातलो हुनसक्नेछ ।
यदि यो चर्चा सहि भएमा एप्पलले संभवत यहि महिना भित्र नै नयाँ म्याकबुक ल्याउने छ तर कम्पनीले यसको लागि कुनै घोषणा गरेको छैन् । यसअघि पनि अक्टोबर २७ तारिखमा नयाँ म्याकबुक आउनसक्ने हल्लाहरु आएका थिए ।
प्रकाशित: २ कार्तिक २०७३, मंगलवार