ह्वावे नोभा स्मार्टफोन चीनमा आधिकारिक, ३ जीबी र ४ जीबी र्याम संस्करण

Technology Khabar ३० आश्विन २०७३, आईतवार

ह्वावे नोभा स्मार्टफोन चीनमा आधिकारिक, ३ जीबी र ४ जीबी र्याम संस्करण

काठमाडौं ।

काठमाडौं, ३० असोज । ह्वावेले गत महिना बर्लिनमा आयोजित आईएफए कन्फ्रेन्समा घोषणा गरेको नोभा तथा नोभा प्लसमध्येको ह्वावे नोभा (Huawei nova) औपचारिकरुपमा सार्वजनिक गरेको छ । कम्पनीले नोभा स्मार्टफोन चीनियाँ बजारमा अनलाइनमा बिक्रीका लागि राखेको छ ।

ह्वावे नोभामा ५ इन्चको फूल एचडी डिस्प्ले रहेको छ जुन ह्वावेले बनाएको नेक्सस ६पी को जस्तै रहेको छ । यो फोनमा ८९ प्रतिशत मेटल बडि रहेको छ भने यसको मोटाई केबल ७.१ मिलिमिटर मात्र रहेको छ ।

यो स्मार्टफोनको दुईवटा संस्करण आएका छन् । एउटा ३ जीबी र्याम तथा ३२ जीबी स्टोरेज तथा अर्को ४ जीबी र्याम तथा ६४ जीबीको स्टोरेज रहेको छ । यो फोनमा क्वालकमको अक्टा-कोर स्न्यापड्रयागन ६२५ प्रोसेसर प्रयोग गरिएको छ भने स्टोरेज बढाउनका लागि एसडी कार्ड स्लट राखिएको छ ।

ह्वावे नोभा फोनमा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यसको रियर क्यामराले ०.२ सेकेण्डमा नै अब्जेक्ट निर्धारण गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।huawei-nova-price

यो डिभाइसमा ड्यूल सिम स्लट रहेको छ भने दुबै संस्करणले फोर जी नेटवर्क सर्पोट गर्दछ । एन्ड्रोयड ६.० मार्शमाल्लोमा आधारित ह्वावेको ईएमयूआई ४.१ मा चल्ने यो स्मार्टफोनमा रियर क्यामराको मुनी फिंगप्रिन्ट स्क्यानर रहेको छ ।

यो फोनमा ३०२० एमएएचको ब्याट्री प्याक रहेको छ ।

ह्वावे नोभाको ३ जीबी संस्करणको मूल्य २०९९ यूआन अर्थात करिब ३१२ अमेरिकी डलर तथा ४ जीबी भर्सनको मूल्य २,३९९ यूआन अर्थात करिब ३५६ अमेरिकी डलर तोकिएको छ । ३ जीबी भर्सन ब्राइट मुन ह्वाइट तथा श्याम्पेन गोल्ड कलरमा तथा ४ जीबी भर्सनको फोन रोज गोल्ड तथा श्याम्पेन गोल्ड कलरमा उपलब्ध हुनेछ ।

मार्फत

easy care

प्रकाशित: ३० आश्विन २०७३, आईतवार