ओबीआई एमभीवान स्मार्टफोन नेपालमा सार्वजनिक, ५ इन्च एचडी डिस्प्लेसहित २ जीबी र्याम

Technology Khabar २८ आश्विन २०७३, शुक्रबार

ओबीआई एमभीवान स्मार्टफोन नेपालमा सार्वजनिक, ५ इन्च एचडी डिस्प्लेसहित २ जीबी र्याम

काठमाडौं ।

काठमाडौं, २८ असोज । ओबीआई वल्र्डफोनको (Obi Worldphone) नेपालका लागि आधिकारिक बितरक स्टार्क टेक कम्पनीले नेपाली बजारमा ओबीआई एमभी वान (Obi MV1) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले मिडरेन्जको स्मार्टफोनको रुपमा नयाँ स्मार्टफोन ल्याएको हो ।

यसअघि बजारमा ओबीआईका एसएफ वान (SF1) तथा एसजे १.५ (SJ 1.5) स्मार्टफोनहरु बजारमा आईसकेका छन् । नयाँ स्मार्टफोनमा यसअघिका दुबै स्मार्टफोनको डिजाइनलाई समिश्रण गरेर बनाईएको छ । यसको माथिल्लो भागमा स्क्वायर रहेको छ भने तल्लो भाग घुमाउरो डिजाइनको रहेको छ । यसको डिस्प्ले केहि माथि उठेको छ जसले गर्दा यो फोनको लूक्स केहि फरक देखिन्छ ।

कम्पनीका नेशनल सेल्स हेड कुमार घिमिरेले यो फोनको डिजाइन निकै आकर्षक भएको र यसको उच्चस्तरको परफरमेन्सले गर्दा उपभोक्ताहरुले मन पराउने दाबी गरे । उनले भने, “यो फोनको मूल्यको तुलनामा यसको फिचरहरु आकर्षक छन जसले गर्दा हाम्रो नयाँ फोनको बिक्री निकै राम्रो हुनेछ ।”obi-mv1_01

यो फोनमा ५ इन्चको एचडी आईपिएस डिस्प्ले राखिएको छ यसको रिजोल्यूशन ७२०x१२८० पिक्सेल छ भने यसमा कोर्निंग गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित गरिएको छ ।

फोनमा २ जीबीको याृम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई बढाएर ६४ जीबीसम्म पुर्याउन सकिन्छ । एन्ड्रोयडको ललीपप ५.१ भर्सनसहितको क्यानोजेन अपरेटिंग सिस्टम रहेको यो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर क्वालकम स्न्यापड्रयागन २१२ चीपसेटमा आधारित रहेको छ ।obi-mv1_03

फोटोका लागि यो फोनमा ८ मेगापिक्सेलको अटो फोकस रियर क्यामरा छ भने सेल्फीका लागि २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । यसको रियर क्यामराले एचडी भिडियो रेकर्ड गर्न सक्दछ भने यसले भिडियो खिचिरहेको बेलामा पनि स्टील फोटो खिच्न सकिन्छ ।

एमभी वान फोनमा दुईवटा छुट्टाछुटै सिम स्लट रहेको छ भने दुईवटा सिम प्रयोग गर्न सकिन्छ । यसमा वाईफाई, ब्लूटूथ ४.१ भर्सन, जीपीएस माइक्रो यूएसबी २.० भर्सन रहेको छ ।obi-mv1_04

ओबीआईको एमभीवान स्मार्टफोनमा २,५०० एमएएचको ब्याट्री राखिएको छ जसले करिब १६ घण्टाको टकटाइम दिने कम्पनीको दाबी छ । नेपाली बजारमा यो स्मार्टफोनको मूल्य रु. १५, ६९९ तोकिएको छ । यो स्मार्टफोन हाल सस्तोडिल डटकममा अनलाईन तथा अफलाइन स्टोरहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ आश्विन २०७३, शुक्रबार

ताजा समाचार