सिजीको इओन कर्भ बजारमा, मार्शमाल्लो ६.० मा आधारित इन्ट्रि लेभलको स्मार्टफोन

Technology Khabar २० आश्विन २०७३, बिहीबार

सिजीको इओन कर्भ बजारमा, मार्शमाल्लो ६.० मा आधारित इन्ट्रि लेभलको स्मार्टफोन

काठमाडौं ।

काठमाडौं, २० असोज । सिजी मोबाइल्सले नेपाली बजारमा सिजी इओन कर्भ (CG EON Curve) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले इन्ट्रि लेभलको स्मार्टफोनको रुपमा बजारमा ल्याएको यो फोन निकै सस्तो मूल्यमा सार्वजनिक गरेको छ । यसको मूल्य रु. ४,८९९/- तोकिएको छ ।

यो स्मार्टफोनको विशेषता भनेको इन्ट्रि लेभलको फोन भएर पनि एन्ड्रोयड मार्शमाल्लो ६.० भर्सनको अपरेटिंग सिस्टम राखिएको छ ।

सिजी इओन कर्भ स्मार्टफोनमा ४ इन्चको डब्लूभिजीए स्क्रीन रहेको छ भने यो स्मार्टफोन १.२ गीगाहर्जको क्वाड कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यसमा ५१२ एमबीको र्याम तथा ४ जीबीको आन्तरिक स्टोरेज राखिएको छ ।

फोटोका लागि यो स्मार्टफोनमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ । ब्ल्याक एण्ड गोल्डेन तथा ग्रे कलरमा उपलब्ध हुनेछ ।

“सिजी इओन कर्भ स्मार्टफोन आम मानिसहरुका लागि ल्याएको हो, जो स्मार्टफोनमा अपग्रेड हुन चाहन्छन् ।” सिजी मोबाइल्सका बिजनेस यूनिट हेड रमेश श्रेष्ठले भने । कम्पनीले निकै सस्तो मूल्यमा ल्याएको यो फोनमा फेसबुक, ट्विटरलगायतका सोसल साइट पनि चलाउन सकिने श्रेष्ठले बताए ।

यो फोनमा जी सेन्सर पनि राखिएको कम्पनीले जनाएको छ । कम्पनीले आगामी दिनमा थप मोडलहरुपनि सार्वजनिक गर्ने जारी विज्ञप्तिमा छ ।

Global Bank
easy care

प्रकाशित: २० आश्विन २०७३, बिहीबार

ताजा समाचार