एनसेलद्धारा रिटेलर श्रेष्ठलाई उपहारमा बाइक प्रदान

Technology Khabar २० आश्विन २०७३, बिहीबार

एनसेलद्धारा रिटेलर श्रेष्ठलाई उपहारमा बाइक प्रदान

काठमाडौं ।

काठमाडौं, २० असोज । एनसेलले आफ्नो ‘च्यानल लोयल्टि’ योजना अन्तर्गत काठमाडौंको ठमेलमा रहेको एमपि मेड प्रा.लिका संचालक प्रेम कृष्ण श्रेष्ठलाई मोटर साईकल उपहार प्रदान गरेको छ । एमपि मेड प्रा.लि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहक सम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरु मध्ये एक रहेको कम्पनीले जनाएको छ ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने हेतुले ‘च्यानल लोयल्टि’ योजना शुरु गरेको हो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । एमपि मेड प्रा.लि सबभन्दा धेरै बिक्री गर्ने रिटेलरहरु मध्ये एक भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: २० आश्विन २०७३, बिहीबार