Technology Khabar १७ आश्विन २०७३, सोमबार
काठमाडौं ।
काठमाडौं, १७ असोज । नेपाली बजारमा नयाँ मोबाइल ब्राण्ड एचटिसीले (htc) आफ्नो उपस्थिती जनाएकोछ । ताइवानी कम्पनी एचटिसीले नेपाली बजारमा विभिन्न तहका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । नेपालका लागि एचटिसीको आधिकारिक बितरक जेन नेक्स्ट कम्प्यूनिकेसनले एचटिसीका पाँच वटा विभिन्न मोडलहरु सार्वजनिक गरेको छ ।
कम्पनीले एचटिसीका डिजायर सिरिजका डिजायर ६३०, डिजायर ६२८, डिजायर ६२६ एलटिई, डिजायर ७२८ तथा डिजायर ८३० मोडलका स्मार्टफोनहरु सार्वजनिक गरेको छ । कम्पनीले आइतवार एक कार्यक्रमका बिच नयाँ ब्राण्ड आएको घोषणा गरेको छ ।
कम्पनीका प्रबन्ध निर्देशक पवन भिमसरियाले पहिलो चरणमा पाँच वटा मोडल मात्र ल्याएपछि छिटै थप मोडलहरु पनि ल्याउने तयारी भएको बताए ।
एचटिसी फोनहरु बजारमा सोमबारदेखि नै खरिद गर्न पाईने तथा अनलाइनमा केमूमार्फत किन्न सकिनेछ ।
एचटिसी डिजायर ६३० को मूल्य रु.२४,५१९/-, डिजायर ६२८ को मूल्य रु. २५,५८६/-, डिजायर ६२६ एलटिई को मूल्य रु.२२,९३५/-, डिजायर ७२८ को मूल्य रु. २३,८१५/- तथा डिजायर ८३० को मूल्य रु.३४,०४५/- तोकेको छ ।
कम्पनीले दशैंको अवसर पारेर हरेक एचटिसी स्मार्टफोनको खरिदमा एउटा पावर ब्यांक पनि नि:शुल्क दिने जनाएको छ ।
प्रकाशित: १७ आश्विन २०७३, सोमबार