Technology Khabar १४ आश्विन २०७३, शुक्रबार
काठमाडौं ।
काठमाडौं, १४ असोज । जियोनीको नयाँ स्मार्टफोन एस सिक्स प्रो (S6 Pro) भारतीय बजारमा सार्वजनिक भएको छ । यो स्मार्टफोन यहि जूनमा पहिलो पटक विश्व बजारमा आएको थियो ।
भारतीय बजारमा उत्सवहरुको अवसरलाई ध्यानमा राखेर सार्वजनिक गरिएको हो । यो फोन अक्टोबर १ तारिखदेखि भारतीय बजारमा किन्न सकिनेछ, जसको मूल्य भारु २३,९९९/- तोकिएको छ ।
यो स्मार्टफोनमा ५.५ इन्चको २.५ डी कभ्र्ड फूलएचडी डिस्प्ले राखिएको छ, जसलाई कोर्निंग गोरिल्ला ग्लासद्धारा सुरक्षित बनाएको छ । फोनमा ४ जीबीको र्याम ताथ ६४ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डद्धारा बढाउन सकिन्छ ।
जियोनी एस सिक्स प्रोमा १.८ गीगाहर्जको अक्टा कोर मिडियाटेक हेलियो पी १० प्रोसेसर राखिएको छ । यसमा फोटोका लागि १३ मेगापिक्सेलको रियर क्यामरा तथा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेकोछ । यसको अगाडि होम बटनमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।
एन्ड्रोयड मार्शमाल्लोमा आधारित यो फोनमा ३,१३० एमएएचको ब्याट्री प्याक रहेको छ ।
जियोनीको यो स्मार्टफोनका साथमा कम्पनीले भच्र्यूअल रियालिटी हेडसेट (VR Headset) पनि सार्वजनिक गरेको छ । यो भिआर हेडसेट जियोनी एस सिक्स प्रोका साथमा प्रयोग गर्न सकिनेछ, जसको मूल्य भारु २,४९९/- तोकिएको छ ।
बजारमा यो फोन गोल्ड तथा रोज गोल्ड कलरमा उपलब्ध हुनेछ ।
प्रकाशित: १४ आश्विन २०७३, शुक्रबार