सामसंग ग्यालेक्सी नोट सेभेन आन्तरिक हवाई यात्रामा प्रतिबन्धित

Technology Khabar १३ आश्विन २०७३, बिहीबार

सामसंग ग्यालेक्सी नोट सेभेन आन्तरिक हवाई यात्रामा प्रतिबन्धित
Classic Tech

काठमाडौं, १३ असोज । पछिल्लो दिनमा सामसंगलाई ग्यालेक्सी नोट सेभेनले निकै समस्यामा परेको छ । अन्तराष्ट्रिय बजारमा कम्पनीले अर्बौ रुपैंया गुमाईसकेको छ भने नोट सेभेनले गर्दा कम्पनीकाे स्मार्टफोनको बजारमा पनि असर पारेको छ ।

कम्पनीको नोट सेभेन प्रयोग गर्न विभिन्न स्थान र देशहरुमा औपचारिक प्रतिबन्ध रहेकोमा नेपालमा पनि यो स्मार्टफोन हवाई यात्रामा प्रयोग गर्न प्रतिबन्ध लागेको छ ।

सामसंग ग्यालेक्सी नोट सेभेन नेपालमा संचालनमा रहेको अन्तराष्ट्रिय हवाई सेवाहरुले यसअघि नै हवाई यात्रामा प्रयोग गर्न तथा बोर्डमा बोक्न प्रतिबन्ध लगाईसकेकोमा आन्तरिक हवाई कम्पनीहरुले पनि यात्रा प्रयोग गर्न प्रतिबन्ध लगाएका छन् ।

yeti-airlines
फाेटाे साभारः बिजमाण्डु

बुधवार सबैभन्दा पहिले यती एयरलाइन्सले विमानमा यात्रा गर्ने यात्रुहरुका लागि सूचना जारी गर्दै नोट सेभेन साथमा बोक्न तथा चलाउन प्रतिबन्ध लगाएको हो । यती एयरलाइन्सले सामसंगको उक्त मोबाइल फोनबाट विमानमा आगलागी हुनसक्ने त्रास बढेको भन्दै हवाई सुरक्षाका लागि यस्तो निर्णय गरेको जनाएको छ ।

यतीले जहाजमा चढेदेखि नओर्लेसम्म अनिवार्यरुपमा मोबाइल स्विच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ । यात्रुले आफ्नो लगेजमा समेत मोबाइल बोक्न नपाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सामसंग ग्यालेक्सी नोट सेभेन फ्लाइट मोडमा राखेर समेत यात्रामा बोक्न नपाईने जानकारी दिएको छ ।

सामसंगले ग्यालेक्सी नोट सेभेनमा विश्वव्यापीरुपमा ब्याट्री पड्किने समस्या बेहोरेपछि बजारबाट सबै नोट सेभेन फिर्ता लिएको थियो । कम्पनीले उक्त फोनको समस्या समाधान गरेर बजारमा पुन सार्वजनिक गर्ने तयारी गरिरहेको बेलामा नेपालमा भने प्रतिबन्ध लाग्न गएको छ ।

सामसंगले आउँदो अक्टोबर ७ तारिखमा भारतमा सुधार गरिएको सामसंग ग्यालेक्सी नोट सेभेन पुन सार्वजनिक गर्ने तयारी गरेको छ भने यूरोपेली मुलुकमा पनि अक्टोबरको अन्त्यदेखि बिक्री सुचारु गर्ने योजनामा रहेको छ ।

कम्पनीले नेपाली बजारमा पनि दशैं लगत्तै सामसंग ग्यालेक्सी नोट सेभेन बजारमा सार्वजनिक गर्ने तयारी गरेको थियो । यसअघि सेप्टेम्बरको अन्त्यसम्ममा सार्वजनिक गर्ने भनिएपनि कम्पनीले त्यो लक्ष्य हासिल गर्न सकेन् । त्यसैले भारतमा पुन सार्वजनिकसँगै नेपाली बजारमा पनि दशैं लगत्तै ल्याउन लागेको बेलामा आन्तरिक हवाई यात्रामा पनि प्रतिबन्धले कम्पनीलाई निकै ठूलो असर पर्न सक्नेछ ।

नेपालमा हालसम्म औपचारिकरुपमा नभित्रिएको सामसंग ग्यालेक्सी नोट सेभेन अबैधरुपमा भित्र्याएर विभिन्न पसलहरुले बिक्री गरिरहेका छन् । कतिपय नाम चलेका पसलहरुले पनि अवैधरुपमा आयात गरिएका नोट सेभेनको समस्या आउनुभन्दा पहिले १ लाख २० हजार रुपैंयासम्ममा बिक्री गरिरहेका थिए ।

TK Viber

प्रकाशित: १३ आश्विन २०७३, बिहीबार

Loading...