४० करोड मेसिनहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

Technology Khabar १३ आश्विन २०७३, बिहीबार

४० करोड मेसिनहरुमा विण्डोज १० अपरेटिंग सिस्टम प्रयोग

काठमाडौं ।

काठमाडौं, १३ असोज । माइक्रोसफ्टको विण्डोज १० अपरेटिंग सिस्टममा करिब ४० करोड सक्रिय कम्प्यूटरहरु संचालनमा आएका छन् । यसअघिको विण्डोज ८ अथवा विण्डोज ८.१ अपरेटिंग सिस्टममा मानिसहरुको आकर्षण कम रहेको थियो जसले गर्दा कम्पनीलाई समस्या भएको थियो । तर नयाँ अपरेटिंग सिस्टम विण्डोज १० ले विण्डोज ७ को विभिन्न विशेषताहसहित नयाँ भर्सन ल्याएपछि यो निकै लोकप्रिय भएको हो ।

केहि महिना अघि मात्र करिब ३५ करोड सक्रिय प्रयोगकर्ताहरु भएकोमा केहि सातामा नै विण्डोज १० को प्रयोगकर्ता ४० करोड पुगे । विण्डोज १० मा निशुल्क अपग्रेड हुने सुविधाको अवधि सकिन लागेपछि दिएपनि यसको प्रयोगकर्ताको संख्या पनि ह्वात्तै बढ्यो । विण्डोज ७ वा त्यसभन्दा माथिका अपरेटिंग सिस्टम भएका सबैलाई एक वर्षसम्म अपग्रेडको सुविधा दिईएको थियो ।

सक्रिय प्रयोगकर्ताको अर्थ पछिल्लो २८ दिनभित्र सक्रिय प्रयोग भएका मेसिनहरु भनेर बुझिन्छ । यसमा पर्सनल कम्प्यूटर, स्मार्टफोनहरु, एक्सबक्स वान, सर्फेस हबहरु तथा होलोलेन्सहरु पर्दछन् ।

माइक्रोसफ्टले विण्डोज १० मा निशुल्क अपग्रेडको सुविधा बन्द गरेपछि यसको वृद्धिको संख्या भने सुस्त रहेको छ ।

Global Bank
easy care

प्रकाशित: १३ आश्विन २०७३, बिहीबार