सोनीका फोर के एचडीआर नयाँ रेञ्जका टिभीहरु

Technology Khabar ११ आश्विन २०७३, मंगलवार

सोनीका फोर के एचडीआर नयाँ रेञ्जका टिभीहरु
NTC_Advt

काठमाडौ, ११ असोज । नेपा हिमा ट्रेड लिङ्क प्रालिले नेपाली बजारमा सोनी ईलेक्ट्रोनिक्सका फोर के एचडीआर अन्तर्गत नयाँ रेञ्जका टिभीहरु सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ टिभीहरु आधुनिक एचडीआर चलचित्र तथा शोका लागि उपयुक्त रहेको छ । यसले उपभोक्तालाई उत्कृष्ट दृष्य तथा आवाज सम्प्रेषणको मज्जा दिने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले एचडीआर लाइनअप अन्तर्गत अत्यधिक रुचाइएको एक्स ९३ डी सिरिज, फोरके एचडीआर टिभी रेञ्ज र फूल एचडी टिभीअन्तर्गत ईन्टरनेट र एक्सट्रा प्रो सिरिज पनि सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएका नयाँ टिभी रेञ्जले उच्च ब्राइटनेस, कन्ट्रास्ट र चहकिलो रङ् सम्प्रेषण गर्ने क्षमता राख्छन् । टिभीहरुमा सोनीकै स्लिम ब्याकलाइट ड्राइभ प्रविधिको प्रयोग गरिएको छ भने यसले गर्दा टीभीले चहकिलो तथा उत्कृष्ट कन्ट्रास्ट लेभल समायोजन गरी जीवन्त दृष्य सम्प्रेषणमा सहयोग गर्ने कम्पनीले जानकारी दिएको छ । त्यसैगरी टिभीमा प्रयोग गरिएको एक्सवान फोर के प्रोसेसरले कलर म्यापिङ प्रविधि मार्फत प्राकृतिक रङ सम्प्रेषणमा प्रत्यक्ष सहयोग पुर्‍याउँछ ।

सार्वजनिक गरिएका ब्राभियाको नयाँ लाइनअपमा एण्ड्रोइड ६.० मार्शमेलो सपोर्ट गर्छ । यसले गर्दा प्रयोगकर्ताले यूएसबी ड्राइभ मार्फत अतिरिक्त सञ्चय क्षमताको उपयोग गर्न पाउँछन् । फलस्वरुप अन्य टीभीका तुलनामा यसका प्रयोगकर्ताले आवश्यकता अनुसार आफ्ना टिभीमा धेरै एप्लिकेशन्स डाउनलोड तथा उपयोग गर्ने सुविधा प्राप्त गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार निकट भविष्यमा नै सोनीको आर थ्रीडी सिरिजपनि सार्वजनिक गर्ने योजना रहेको जानकारी दिइएको छ ।

TK Viber

प्रकाशित: ११ आश्विन २०७३, मंगलवार

Loading...