पशुपति पेन्ट्सको नयाँ शोरुम बुटवलमा

Technology Khabar १० आश्विन २०७३, सोमबार

पशुपति पेन्ट्सको नयाँ शोरुम बुटवलमा

काठमाडौं ।

काठमाडौं, १० असोज । बुटवलको कालिका नगरमा पशुपति पेन्ट्सको नयाँ शोरुम सञ्चालनमा ल्याइएको छ । नयाँ एक्स्क्लुसिव शोरुम पशुपति पेन्ट्सको आधिकारिक विक्रेता भैरव कलर ट्रेडर्सद्वारा सञ्चालमा ल्याइएको हो ।

पशुपति पेन्ट्सले भरखरै दशैँ तिहारको अवसरमा आफ्ना समस्त ग्राहकलाई लक्षित गर्दै महापर्वको रङ्गोत्सव उपहार योजना पनि सार्वजनिक गरेको छ । योजना अन्तर्गत रू.४० हजार बराबर वा सो भन्दा बढीको ईमल्सन खरिद गर्दा उपभोक्ताहरुका लागि विभिन्न आकर्षक उपहारहरुको व्यवस्था गरिएको छ ।

योजनाको बम्पर उपहार स्वरूप एक जना भाग्यशाली विजेताले रोयल एन्फिल्डको बुलेट बाइक उपहारका रुपमा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

नयाँ शोरुमका उपभोक्ता पनि यस योजनाबाट लाभान्वित हुन सक्ने कम्पनीका सञ्चालक चिरञ्जिवी खनालले बताए ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार