स्लीपवेल म्याट्रेसको बजार प्रबद्र्धन योजना

Technology Khabar १० आश्विन २०७३, सोमबार

स्लीपवेल म्याट्रेसको बजार प्रबद्र्धन योजना

काठमाडौं ।

काठमाडाैं, १० असोज । भारतीय म्याट्रेस कम्पनी स्लीपवेलले नेपालका लागि आप्mनो योजना सार्वजनिक गरेको छ । स्लीपवेलका सिर्जनात्मक उत्पादनहरु आरामदायी निद्रालाई ध्यानमा राखेर उत्पादन गरिएको कम्पनीका भाईस प्रेसिडेन्ट बसन्त सिंघलले बताए ।

उपभोक्ताहरुको प्राथमिकता अनुसार कम्पनिले हालै अत्याधुुनिक प्रबिधिमा उत्पादित माई म्याट्रेस सिरिज नेपाली बजारमा ल्याएको छ । यस सिरिजका उत्पादनहरु उपभोक्ताको चाहना र बजेट अनुसारको कडापन, रंग, र मुल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनिले आगामी बर्ष भित्र उपत्यका बाहिर समेत स्लीपवेलका सम्पूर्ण उत्पादनहरु प्रदर्शनी तथा बिक्रिका लागि आधिकारिक सोरुमहरु बिस्तार गर्ने कुरा सिंघलले जानकारी दिए ।

कम्पनीले स्लीपवेलका तोकिएका म्याट्रेसको खरिदमा एउटा तकिया सित्तैमा पाईने उपभोक्ता उपहार कार्यक्रम समेत सार्वजनिक गरेको छ । यो उपहार कार्यक्रम यहि असोज २ गते देखि कार्तिक १७ गतेसम्म नेपालभरी लागु गरिएको छ ।

उक्त अवसरमा स्लीपवेल अमेटी स्प्रींग म्याट्रेसको बारेमा समेत परिचयात्मक घोषणा गरियो । अमेटी एक अन्तराट्रिय स्तरको उच्चकोटीका कपडाहरुमा सौन्दर्यपुर्ण डिजाईनहरु भएको मुलाएमदार मेमोरी फोमद्धारा तयार गरिएको छ ।

सन् १९७१ देखि पियु फोम व्यवसायमा संलग्न व्यवसायिक घराना शिला ग्रुप अन्र्तगतको स्लीपवेल भारतमा सबै भन्दा बढि बिक्री हुने म्याट्रेस ब्राण्ड भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

easy care

प्रकाशित: १० आश्विन २०७३, सोमबार