ओप्पो स्मार्टफोन नेपाल भित्रियो, एफ वान एससहित अन्य दुई मोडल

Technology Khabar २८ भाद्र २०७३, मंगलवार

ओप्पो स्मार्टफोन नेपाल भित्रियो, एफ वान एससहित अन्य दुई मोडल

काठमाडौं ।

गिता भुजेल

काठमाडौं, २८ भदौ । चीनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले (OPPO) नेपाली बजारमा आफ्नो उपस्थिती देखाएको छ । कम्पनीले सोमबार एक कार्यक्रमकाबिच नेपाली बजारमा विभिन्न मोडलका फोनहरु सार्वजनिक गरेको छ ।

विश्वबजारमा सेल्फी फोन ब्राण्डको रुपमा परिचित ओप्पोले नेपाली बजारमा एफ वान एसका साथै अन्य मोडलहरु पनि सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै कम्पनीका ब्राण्ड म्यानेजर माइकल लीले नेपाली बजारमा आक्रामकरुपमा ओप्पो आउन लागेको जानकारी दिए । उनले भने, हामी विश्वमा तिब्रगतिमा बजार बिस्तार गरिरहेका कम्पनी हौं । नेपालमा पनि ५०० वटा रिटेल र ८ वटा एक्सपेरियन्स स्टोरबाट ओप्पो बिक्रि गर्नेछौं ।’oppo_03

कम्पनीका प्रडक्ट म्यानेजर आकाश डब्रानीले ओप्पोका फोनहरु ८,२२ वटा डिजाइनको प्रकृयाबाट गुज्रिने र ३९० वटा विभिन्न किसिमका परिक्षणपछि मात्र बजारमा आउने बताए ।

ओप्पो एफ वान एस (OPPO F1s)

ओप्पो एफ वान एस स्मार्टफोनमा ५.५ इन्चको स्क्रिन, छ भने यसमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा तथा १२ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ । यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज रहेको छ । यसमा ३,०७५ एमएएच ब्याट्री क्षमता राखिएको छ भने मिडिया टेकको एमटि ६७५० अक्टा कोर प्रोसेसरद्धारा संचालन हुन्छ । एन्ड्रोयड ५.१ भर्सनमा आधारित यो स्मार्टफोनमा ड्यूल सिम सपोर्ट रहेको छ ।oppo_02

कम्पनीले एफ वान एसका साथै अन्य दुई मोडल पनि नेपाली बजारमा घोषणा गरेको छ । जसमा ए ३७ तथा नियो ७ सार्वजनिक गरेको छ । ओप्पो एफ वान एफको मूल्य रु ३२,३९०/- तथा ए ३७ (A37) को मूल्य रु. २१, ५९०/- र नियो ७ (Neo 7) को मूल्य १४,९००/- तोकिएको छ ।

कम्पनीले आफ्नो बिक्री रणनीति अन्तर्गत ३० दिनसम्मको वान-टू-वान एक्सचेन्ज अफर पनि संचालन गर्ने जानकारी दिएको छ । कम्पनीले हाल काठमाडौं उपत्यकाभित्र मात्र बजार केन्द्रित गर्ने र एक महिनापछि अन्य बजारमा जाने योजना राखेको छ ।

ओप्पो स्मार्टफोन नेपाल लगायतका २१ मुलुकहरुमा किन्न सकिन्छ भने सार्क क्षेत्रमा यो चौथो बजार हो । नेपालमा ओप्पो फोन बिक्री गर्ने अधिकार टेलिसेल प्रालिले पाएको छ ।

ओप्पोले विश्वको पहिलो सबैभन्दा पातालो स्मार्टफोन बनाएको श्रेय पनि प्राप्त गरिसकेको छ भने सन् २०१६ जूलाईमा चीन भित्र नम्बर एक स्मार्टफोन मेकर कम्पनीको उपाधि हात पारेको थियो ।

शुरुमा एमपी थ्री प्लेयर बनाएर आफ्नो व्यवसाय शुरु गरेको ओप्पोले अहिले पनि अन्य इलेक्ट्रोनिक्स सामाग्रीहरुका साथमा एसेसरिज उत्पादन तथा बिक्री गर्दछ ।

easy care

प्रकाशित: २८ भाद्र २०७३, मंगलवार

ताजा समाचार