जुम्लाको अर्गानिक स्याउ राजधानीमा

Technology Khabar २५ भाद्र २०७३, शनिबार

जुम्लाको अर्गानिक स्याउ राजधानीमा

काठमाडौं ।

काठमाडौं, २५ भदौ । जुम्लामा उत्पादन हुने अर्गानिक स्याउ शुक्रबारदेखि राजधानी भित्रिएको छ । काठमाडौ उपत्यकाका प्रमुख चोकहरुमा जुम्लाको अगार्निक स्याउको बिक्री शुरु भइसकेको छ ।

एस डिके एप्पल गार्डेनिङ्गले विगत ४ वर्षदेखि जुम्लाको अगार्निक स्याउ बिक्री वितरण गरिरहेको छ । एस डिकेले यस वर्ष पनि नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठलाई लक्षित गर्दै अर्गानिक स्याउ भित्र्याएको हो । नेपालको अर्गानिक सर्टिफाइड, ताजा र गुणस्तरिय स्याउ उपत्यकाका फलफूल पसलहरुबाट प्रतिकिलो १ सय ४० देखि १ सय ६० रुपैयाँमा खरिद गर्न सकिने जानकारी दिइएको छ ।

एस डिके एप्प्ल गार्डेनिङ्गका सञ्चालक दिनेश खड्काअनुसार जुम्लाबाट सिधै उपत्यका ल्याइएका यस्ता स्याउमा कुनैपनि मानव स्वास्थ्यमा हानी पु¥याउने विषादीको प्रयोग गरिएको छैन् । दानालाई आकर्षण बनाउन कुनै पनि प्रकारका रसायन तथा मैनको प्रयोग नभएको जानकारी गराउदै खड्काले आफ्नो स्वास्थ्यप्रति सचेत हुन जुम्लाकै स्याउ सेवन गर्न सुझाव दिए ।

डिके एसले विगत चार वर्षदेखि उपत्यकामा जुम्लाको स्याउ बिक्री गर्दै आएको छ । गत वर्षमात्र १५ टनको हाराहारीमा स्याउ बिक्री गरेको थियो । गतवर्ष प्रतिकिलो १ सय २० देखि १ सय ५० रुपैयाँमा बिक्री भएको थियो । यसवर्ष भने जुम्लामा लामो समयसम्म परेको खडेरी र ढुवानी समस्या, उत्पादनमा आएको कमीले गर्दा उपभोक्ता मूल्य केही बढी भएको खड्काले बताए । २०७० सालमा ८ टन स्याउ बिक्री गरेको डिके एसले प्रत्येक वर्ष व्यापार बढाउँदै गएको छ । यसवर्ष भने १७ टनको हाराहारीमा बिक्री गर्ने लक्ष्य लिएको छ ।

नेपालकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जुम्लाको स्याउको स्वाद पनि उत्कृष्ट मानिन्छ । बजार अभाव, सडक, भण्डारण अभाव तथा व्यावसायिक उत्पादन प्रविधिको अभावको कारण जुम्लाको स्याउ ओझेलमा पर्दै आएको छ ।

easy care

प्रकाशित: २५ भाद्र २०७३, शनिबार