ह्वावे स्मार्टफोनको दशैं लक्षित योजना

Technology Khabar २३ भाद्र २०७३, बिहीबार

ह्वावे स्मार्टफोनको दशैं लक्षित योजना
Classic Tech

काठमाडौं, २३ भदौ । ह्वावे उपभोक्ता व्यवसाय समूहले आफ्नो २०७३ दशैं अफरको घोषणा गरेको छ । बम्पर उपहारमा मात्र केन्द्रित नभई यस वर्ष ह्वावेले धेरै भन्दा धेरै ग्राहकहरुलाई उपहार दिने दाबी गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरुले ह्वावेको कुनै पनि स्मार्टफोनको खरिद गरी विभिन्न उपहारहरु जित्न सक्नेछन् । अफर भदौ २४ गतेदेखि आश्विन २२ गतेसम्म लागू हुनेछ ।

“Prize एक–सा–एक, यो दशैंमा भाग्यशाली अनेक” अन्तर्गत ह्वावेले हरेक हप्ता र हरेक १५ दिनमा उपहारहरु प्रदान गर्नेछ । लक्की ड्रमार्फत ग्राहकहरुले हरेक हप्ता १०० वटा पावर बैंक, २० वटा स्मार्टफोन र किट सहित ४ जाएन्ट साइकल प्राप्त गर्नेछन् । विजेताको घोषणा ह्वावेको आधिकारिक फेसबुक पेज (/Huaweidevicenepal) मा गरिने कम्पनीले जानकारी दिएको छ । हरेक १५ दिनमा हुने लक्की ड्रमार्फत् दुई भाग्यशाली विजेताहरुले भेस्पा र रोयल इन्फिल्ड मोटरसाइकल जित्न सक्नेछन् । विजेताहरुको घोषणा नेपाल टेलिभिजनबाट प्रत्यक्ष लक्की ड्र मार्फत गरिने बताईएको छ ।

यस योजनामा सहभागी हुनका लागि योजना अवधिभर ह्वावेको कुनै पनि मोबाइल खरिद गर्ने ग्राहकहरले HUAWEI (स्पेस) १५ अङ्क भएको फोनको IMEI नं टाईप गरी ३२२०० मा एसएमएस गर्नुपर्नेछ । यस अफर अवधिभर करिब ५०० ग्राहकहरुले उपहार प्राप्त गर्ने कम्पनीको दाबी छ ।

TK Viber

प्रकाशित: २३ भाद्र २०७३, बिहीबार

Loading...