एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

Technology Khabar २३ भाद्र २०७३, बिहीबार

एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस सार्वजनिक, नयाँ एप्पल वाच पनि घोषणा

काठमाडौं ।

काठमाडौं, २३ भदौ । एप्पलले बहुप्रतिक्षित आईफोन सेभेन सिरिजका फोनहरु सार्वजनिक गरेको छ । कम्पनीले बुधवार एक कार्यक्रमका बिच अमेरिकाको सानफ्रान्सिस्कोमा आईफोन सेभेन तथा आईफोन सेभेन प्लस सार्वजनिक गरेको हो ।

कम्पनीले आईफोन सेभेन सिरिजमा केहि नयाँ फीचरहरु राखेको छ । यसमा एलुमिनियम बडि छ भने यसलाई अहिलेसम्मकै उत्कृष्ट आईफोन भनिएको छ । यसमा १० नयाँ विशेषताहरु रहेका छन् । यो ब्ल्याक, सिल्भर, जेट ब्ल्याक, गोल्ड र रोज गोल्ड कलरमा आउनेछ ।

यसमा २.४ गीगाहर्जको ६४ बिटको फोर कोर ए१० फ्यूजन प्रोसेसर प्रयोग गरिएको छ, जून ए ९ भन्दा ५० प्रतिशत द्रूत छ । त्यस्तै यसको होम बटनमा पनि सुधार गरिएको छ भने नयाँ आईफोनको अर्को महत्वपूर्ण विशेषता भनेको डस्ट एण्ड वाटरप्रुफ हो, जुन एप्पल वाचले यसअघि नै प्राप्त गरिसकेको छ ।

आईफोन सेभेन प्लसको क्यामरा सेटअपमा दुईवटा १२ मेगापिक्सेलको सेन्सरहरु राखिएका छन् । एउटा सेन्सरमा सिक्स एलीमेन्ट वाइड एंगल लेन्स छ भने अर्कोमा फाइभ एलीमेन्ट वाइड एंगल लेन्स रहेको छ । तर आईफोन सेभेनमा भने १२ मेगापिक्सेलको एउटा क्यामरा सेटअप मात्र छ । क्वाड एलईडी फ्ल्याश दुबै आईफोन मोडलमा राखिएको छ । यसमा भिडियो इमेज स्टेबलाइजेशन पनि रहेको छ । आईफोन सेभेनमा सेल्फीका लागि ७ मेगापिक्सेलको एचडी फ्रन्ट क्यामरा राखिएको छ ।apple-iphone-7_01

कम्पनीले आईफोन सेभेन सिरिजमा केहि नयाँ फीचरहरु राखेको छ । यो सिरिजको नयाँ आईफोनमा अडियो ज्याक हटाईएको छ, नयाँ आईफोन सेभेन सिरिजमा अडियो ज्याकको साटो ब्लूटूथ हेडसेट प्रयोग हुन्छ र पुरानो हेडफोन प्रयोग गर्नका लागि एडप्टर राखिएको छ । एप्पलको आईफोनमा हेडफोन ज्याक हटाईएको छ तर वायरलेस एयरपोड्स तथा लाइटिंग ३.५ एमएमको एडप्टरसँगै आउनेछ ।

नयाँ आईफोनमा ३ फरक फरक स्टोरेज अप्सन राखिएको छ । आईफोन सेभेनमा ३२ जीबी आधार मोडल छ भने १२८ जीबी र २५६ जीबी स्टोरेज मोडल पनि रहेका छन् ।

यसमा रेटिना एचडी डिस्प्ले राखिएको छ, जसले कलर म्यानेज गर्न सक्दछ, त्यसैगरी स्पिकरमा सुधार गर्र्द स्टेरियो स्पीकर राखिएको छ । आईफोन सेभेनमा ४.७ इन्च तथा आईफोन प्लसमा ५.५ इन्चको डिस्प्ले राखिएका छन् । आईफोन सेभेनको मूल्य ६४९ अमेरिकी डलर तथा सेभेन प्लसको ७६९ डलर तोकिएको छ । यो अमेरिका, बेलायत र चीनमा उपलब्ध हुनेछ ।

प्रि अर्डर सेप्टेम्बर ९ तारिखदेखि गर्न सकिनेछ भने एक सातापछि मात्र किन्न सकिनेछ ।

एप्पल वाच सिरिज टू

कम्पनीले नयाँ आईफोनका साथमा नयाँ एप्पल वाच पनि सार्वजनिक गरेको छ । एप्पल वाच सिरिज टू नाम दिईएको नयाँ वाचमा कयौं नयाँ फीचरहरु राखिएका छन् । यसमा आकस्मिक फोनकलका लागि सुविधा, फिटनेस एप, पहिलो पटक पोकिमन गो नयाँ एप्पल वाचमा उपलब्ध हुनेछ । त्यसैगरी यो वाटरप्रुफ, यसको स्पीकरलाई नै वाटरप्रुफ बनाईएको छ । पोकिमन गोसहितको एप्पलको नयाँ वाच सन् २०१६ को अन्त्यमा उपलब्ध हुनेछ ।

यसमा ड्यूल कोर प्रोसेसर छ भने सुधार गरिएको डिस्प्ले राखिएको छ जून घाममा हेर्दा पनि समस्या आउँदैन् । त्यस्तै यसमा बिल्ट इन जीपीएस पनि राखिएको छ । यसमा मेटल, स्टिल र सेरामिक प्रयोग गरिएको छ । यो वाच आईओएस ३ द्धारा संचालन हुन्छ । एप्पलले नाइकीसँगको सहकार्यमा एथलेटहरुका लागि नाइकी प्लस स्पेशल एडिसन पनि सार्वजनिक गरेको छ । एप्पल वाचको मूल्य ३६९ अमेरिकी डलरदेखि शुरु हुनेछ ।

प्रि अर्डर सेप्टेम्बर ९ तारिखदेखि गर्न सकिनेछ भने सेप्टेम्बर १३ देखि बजारमा उपलब्ध हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २३ भाद्र २०७३, बिहीबार