भाइबरबाट ५२ देशहरुमा कुनै पनि फोन नम्बरमा फ्रि कलको सुविधा

Technology Khabar २२ भाद्र २०७३, बुधबार

भाइबरबाट ५२ देशहरुमा कुनै पनि फोन नम्बरमा फ्रि कलको सुविधा
Classic Tech

काठमाडौं, २२ भदौ । भाइबरले नेपाली ग्राहकहरुका लागि ५२ देशहरुमा कुनै पनि फोन नम्बरमा फ्रि कलको अफर ल्याएको छ । यस अफर अन्तर्गत नेपाली फोन नम्बर दर्ता गरेका भाइबर प्रयोगकर्ताहरुले भाइबर आउट (Viber Out) प्रयोग गर्दै कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय ल्याण्डलाइन वा भाइबर बाहेकका अन्य फोन नम्बरमा सिधै फोन कल गर्न सक्नेछन् । ५२ देशहरुमा कल गर्न सकिने यो अफर भदौ २१ गतेदेखि असोज ३ गतेसम्म हरेक दिन राती ८ देखि १० बजेसम्म चालु रहने कम्पनीले जानकारी दिएको छ ।

यसप्रकारको विशेष प्रवद्र्धनात्मक अफर प्रयोग गर्न पाउने नेपाली भाइबर प्रयोगकर्ताहरु विश्वमै पहिलो भएको कम्पनीले दाबी गरेको छ । विश्वभरमा साढे सात करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरु रहेकोमा भाइबरले नेपाललाई मात्र लक्षित गरेर यस्तो खास अफर संचालन गरेको हो । नेपालमा मात्र ४० लाख भन्दा बढी ग्राहकहरुका भाइबरमा आबद्ध छन् । दक्षिण एशियामा नेपाल भाइबरको एक मुख्य बजार हो । यो अफर नेपाली प्रयोगकर्ताहरुले कुनै पनि आइओएस, एण्ड्रोइड र वीण्डोज स्मार्टफोन, वा वीण्डोज पिसि वा म्याकबाट विश्वभरका ल्याण्डलाइन नम्बरहरु र मोबाइलमा  भाइबर आउट फिचरमार्फत् कोशिस गर्न सक्ने बताईएको छ ।

यो अफरमार्फत् कल गर्दा कुनै शुल्क नलाग्ने भएपनि इन्टरनेट सुविधायुक्त मोबाइल वा वाइफाई हुनुपर्दछ भने इन्टरनेटको शुल्क तिर्नुपर्ने हुन्छ ।

भदौ २१ गते रातीे ८ बजेदेखि २ हप्ताका लागि संचालित यो अफरको उपभोग फ्रि भाइबर आउट कलबाट असिमित कुरा गर्न सकिने प्रेस विज्ञप्तिमा उल्लेख भएपनि यसबाट केबल १० मिनेसम्म मात्र कुराकानी गर्न सकिने प्रयोगकर्तालाई पठाईएको नोटिसमा लेखिएको छ ।

“नेपालमा भाइबरको उपस्थिति अत्यन्त बलियो छ । नेपालको जनसंख्याको अत्त्याधिक संख्या देश बाहिर विदेशमा वैदेशिक रोजगार अथवा अध्ययनको सिलसिलामा रहेको सन्दर्भमा भाइबर आउटले शुल्कको चिन्ता नलिई आफ्ना प्रियजनसँग मनभरीको कुरा गर्ने अवसर नेपालीहरुलाई प्रदान गरेको छ ।“ भाइबर साउथ एशियाका क्षेत्रीय प्रमुख श्री अनुभव नैय्यरले भने  ।

भाइबरले केहि समय अघि च्याट र भ्वाइस कलका साथै अन्जान च्याटमा विकल्प सहितको व्यवस्था उपलब्ध गराएको थियो ।

TK Viber

प्रकाशित: २२ भाद्र २०७३, बुधबार

Loading...