सामसंग ग्यालेक्सी नोट सेभेन हवाईजहाज यात्रामा बोक्न प्रतिबन्ध लाग्नसक्ने

Technology Khabar २२ भाद्र २०७३, बुधबार

सामसंग ग्यालेक्सी नोट सेभेन हवाईजहाज यात्रामा बोक्न प्रतिबन्ध लाग्नसक्ने
Classic Tech

काठमाडौं, २२ भदौ । सामसंगले ग्यालेक्सी नोट सेभेन (Samsung galaxy S7) सार्वजनिक गरेपछि यसले निकै राम्रो प्रतिकृयाहरु पायो । यो वर्षको विश्वको सबैभन्दा उत्कृष्ट स्मार्टफोनहरुमध्येमा परेको ग्यालेक्सी नोट सेभेन बारेमा नकारात्मक प्रतिकृयाहरु आईरहेका छन् । स्मार्टफोनको ब्याट्रीमा समस्या देखिएपछि कम्पनीले विश्वभरबाट फोन फिर्ता लिईरहेको छ । त्यसैगरी यो स्मार्टफोनको बिक्री पनि हालका लागि स्थगित गरिएको छ ।

सामसंग ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्किने समस्या देखिएपछि विश्वका विभिन्न भागहरुमा यो फोनको बारेमा नकारात्मक समाचारहरु आईरहेका छन् । हालै यो स्मार्टफोन अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले (एफएए) ग्यालेक्सी नोट सेभेन हवाईजहाजमा बोक्न प्रतिबन्ध लगाउनसक्ने संभावना बढेको छ ।

एफएएले ग्यालेक्सी नोट सेभेन हवाईजहाजमा यात्रारत अवस्थामा प्रयोग गर्न प्रतिबन्ध लगाउने प्रकृया शुरु गरेको छ । यो प्रकृया सामसंगले ग्यालेक्सी नोट सेभेन रिकल अर्थात फिर्ता लिएपछि शुरु भएको हो । सामसंग ग्यालेक्सी नोट सेभेनको ब्याट्री चार्ज गर्दा पड्किने समस्या आएपछि फिर्ता लिईरहेको छ ।

एफएएले यसका साथै ब्याट्रीको आधारमा संचालन हुने डिभाइसहरु जुन कम्पनीले बजारबाट समस्या देखिएपछि फिर्ता लिने गरेका छन, त्यस्ता डिभाइस पनि प्रतिबन्ध लगाउने योजना बनाएको छ ।

हालसम्म अमेरिकाको फेडेरल एभिएसन एडमिनिस्ट्रेसनले कुनै निर्णय गरिसकेको छैन् । आगामी दिनमा हवाईजहाजमा ग्यालेक्सी नोट सेभेन बोक्न प्रतिबन्ध लाग्ने संभावना भने रहेको छ । यसले सामसंगको स्मार्टफोन बिक्रीमा भने समस्या आउन सक्नेछ ।

यसैबिच सामसंगले विश्वभर २ करोड ५० लाख यूनिट ग्यालेक्सी नोट सेभेन बिक्री गरेकोमा हाल कम्पनीले सबै यूनिट ‘रिकल’ गरेको छ । जसले कम्पनीलाई निकै ठूलो घाटा लागेको छ । विश्लेषकहरुका अनुसार सामसंगले गरेको फोन फिर्ताको घोषणाले कम्पनीलाई करिब १ खर्ब अमेरिकी डलर खर्च बढेको छ । सामसंग स्मार्टफोन बिजनेस हेड कोह डोंग जीनले यो खर्च ‘हर्टब्रेकिंग अमाउण्ट’ भएको बताए । सामसंगका लागि यो रकम यो वर्षको खुद आम्दानीको ५ प्रतिशत भन्दा पनि कम हो ।

सामसंग ग्यालेक्सी नोट सेभेन ब्याट्रीमा सामसंग एसडीआई कम्पनीले उपलब्ध गराएको हो ।

माध्यम १  माध्यम २

प्रकाशित: २२ भाद्र २०७३, बुधबार

Comments are closed.

Loading...