परिसंघले नवनियुक्त राजदुतहरुसँग छलफल गर्यो

Technology Khabar २० भाद्र २०७३, सोमबार

परिसंघले नवनियुक्त राजदुतहरुसँग छलफल गर्यो

काठमाडौं ।

काठमाडौं, २० भदौ । नेपालको प्रतिनिधित्व गर्दै जर्मनी, अस्ट्रीया र ब्राजिलका लागि सिफारिस भई जाने क्रममा रहेका राजदुतहरु क्रमशः रमेश खनाल, प्रकाश सुवेदी र तारा प्रकाश पोखरेलले सोमवार नेपाल उद्योग परिसंघका पदाधिकारीसँग छलफल गरेका छन् । छलफलमा संवन्धित देशसँगको द्धिपक्षीय लगानी तथा व्यापार र आर्थिक कुटनीतिक संवन्ध विस्तारका विषयमा परिसंघ आवद्ध उद्योगी व्यवसायीहरु र प्रस्तावित राजदुतहरुविच अन्तरकृया भएको छ ।

छलफलमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालको प्रतिनिधित्व गर्दै विभिन्न देशमा जान लाग्नु भएका महामहिमज्यूहरुलाई नेपालमा प्रचुर संस्थावना भएका क्षेत्रहरुको प्रचार प्रसार गर्न र त्यस्ता क्षेत्रमा त्यहाँबाट लगानी आकर्षित गर्न पहल गरे । साथै, ती देशहरुमा नेपाली व्यवसायीहरुको दक्षता र अनुभवका आधारमा उनीहरुलाई व्यवसाय विस्तार तथा प्राविधिक सेवाका क्षेत्रमा काम गर्ने वातावरण निर्माणमा सहयोग गर्न आग्रह शर्माको थियो ।

अहिलेको प्रतिस्पर्धी र विश्वव्यापी बजारमा सूचना नै सबैभन्दा ठुलो व्यवसायिक उपकरण भएकाले नेपाली राजदुतहरुले अन्तरष्ट्र्रिय बजार उपलब्ध सूचना तथा जानकारीहरु नेपाली उद्योगी व्यवसायीहरु सामु उपलब्ध गराउन सहयोग गर्नु पर्ने नेपाली उद्योगीहरुको भनाई थियो ।

राजदुतहरुले अहिलेको परिस्थीतिमा आर्थिक कुटनीति नै प्राथमिकतामा रहेकोले उद्योगी व्यवसायीहरुलाई सन्देह नगर्न आग्रह गरेका थिए । अस्ट्रियाका लागि नियुक्त राजदुत प्रकाश सुवेदीले भियनामा रहेको संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संस्था (युनीडो) मार्फत नेपालको औद्योगिक प्रवर्दनका लागि सम्भव भएसम्ममा सहयोग उपलब्ध गराउन प्रयत्न गर्ने बताए ।

त्यसैगरी, जर्मनीका लागि नियुक्त राजदुत रमेश खनालले जर्मनीबाट नेपालको पूर्वाधार विकासका लागि आवश्यक प्रविधि, उपकरण र अनुभव भित्र्याउन लागि पर्ने बताए ।

ब्राजिलका लागि नियुक्त तारा प्रकाश पोखरेलले जलविद्युतको विकासमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । सबै राजदुतहरुले द्धिपक्षीय व्यापारिक तथा सद्भाव भ्रमण आदान प्रदान गर्न र परिसंघले आयोजना गर्न लागेको पूर्वाधार सम्मेलनमा सहभागी पठाउन सहयोग गर्ने बताए ।

Global Bank
easy care

प्रकाशित: २० भाद्र २०७३, सोमबार

ताजा समाचार