अर्थमन्त्री महराद्धारा आन्तरिक राजस्व विभागको निरीक्षण

Technology Khabar २० भाद्र २०७३, सोमबार

अर्थमन्त्री महराद्धारा आन्तरिक राजस्व विभागको निरीक्षण
Classic Tech

काठमाडौं, २० भदौ । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले आन्तरिक राजस्व विभागको निरीक्षण गर्दै कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माणका लागि कर्मचारीलाई निर्देश दिएका छन् ।

आन्तरिक राजस्व विभागमा आयोजित कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री महराले विभागको वारेमा आफू पूर्व जानकार रहेको वताउँदै महराले कर प्रणाली जति मजवुद हुँदै जान्छ देश त्यति नै समृद्ध बन्दै जाने बताए । उनले कर प्रणालीमा सुधारका लागि कार्यस्थलमा आइपरेको समस्याहरुको पृष्ठपोषण नीति निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रममा करको दायरा संख्याका आधारमा मात्र नवढ्ने भन्दै सार्वजनिक खर्च गर्ने क्षमता बढाउन सकेमा उद्योगधन्दा, व्यापार व्यवसाय समेत बढ्ने र करको दायरा स्वतः बढ्दै जाने अर्थमन्त्री महराले स्पष्ट पारे ।

राजस्व सचिव राजन खनालले आन्तरिक राजस्व स्थायी प्रकृतिको स्रोत भएकोले कर प्रणालीमा सुधार गर्नु पर्ने र त्यस्तो सुधारको मापदण्ड कर सहभागिता लागत, कर वक्यौता र करवीचको अन्तर, सेवा प्रवाहमा गुणस्तरीयता हुनु पर्ने बताए ।

TK Viber

प्रकाशित: २० भाद्र २०७३, सोमबार

Loading...