एप्पलको नयाँ आईफोनमा ड्यूल क्यामरा, हेडफोन ज्याक नराखिने

Technology Khabar २० भाद्र २०७३, सोमबार

एप्पलको नयाँ आईफोनमा ड्यूल क्यामरा, हेडफोन ज्याक नराखिने
आईफोनको लिक भएको अनुमानित डिजाइन

काठमाडौं, २० भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुन केहि दिन मात्र बाँकी हुँदा नयाँ आईफोनको बारेमा विभिन्न चर्चाहरु शुरु भएका छन् । एप्पलको नयाँ फोन आईफोन सेभेनको (iPhone 7) बारेमा केजीआईका मिंग चि कुओले विभिन्न जानकारीहरु बाहिर ल्याएका छन् ।

एप्पलको नयाँ उत्पादनहरुको बारेमा यसअघि पनि जानकारीहरु सार्वजनिक गर्दै आएका कुओले नयाँ फोनमा नयाँ ए१० (A10) चिपसेट हुने जानकारी दिएका छन, जुन २.४ गीगाहर्जमा संचालन हुनेछ । त्यस्तै आईफोन सेभेनमा २ जीबीको र्याम हुनेछ भने आईफोन सेभेन प्लसमा (iPhone 7 Plus)  ३ जीबीको र्याम हुनेछ, जून ड्यूल क्यामरा संचालन गर्न आवश्यक रहेको छ । iphone-7-mockup-2

ड्यूल क्यामरा सेटअपमा दुईवटा १२ मेगापिक्सेलको सेन्सरहरु राखिएका छन् । एउटा सेन्सरमा सिक्स एलीमेन्ट वाइड एंगल लेन्स छ भने अर्कोमा फाइभ एलीमेन्ट वाइड एंगल लेन्स रहेको छ । तर आईफोन सेभेनमा भने १२ मेगापिक्सेलको एउटा क्यामरा सेटअप मात्र हुनेछ । फोर एलईडी (4-LED) फ्ल्याश दुबै आईफोन मोडलमा हुनेछ ।

नयाँ आईफोनमा ३ फरक फरक स्टोरेज अप्सन राखिएको छ । रिपोर्टहरुकाअनुसार ३२ जीबी आधार मोडल फोन हुनेछ भने १२८ जीबी र २५६ जीबी स्टोरेज मोडल आउनेछन् । रिपोर्टअनुसार नयाँ आईफोन पाँच फरक फरक कलर अप्सनमा आउनेछन्, जसमा नयाँ कलर ग्लसी पियानो ब्ल्याक, तथा डार्क ब्ल्याकले स्पेस ग्रे कलरलाई विस्थापित गर्नेछ भने सिल्भर, गोल्ड तथा रोज गोल्ड कलरहरु हुनेछन् ।

एप्पलको आईफोनमा हेडफोन ज्याक हटाईएको छ तर लाइटिंग एयरपोड्स तथा लाइटिंग ३.५ एमएमको एडप्टरसँगै आउनेछ । आईफोन सेभेनमा ४.७ इन्च तथा आईफोन प्लसमा ५.५ इन्चको डिस्प्ले राखिनेछन्, जसको डिस्प्ले आईप्याड प्रोको गुणस्तरको हुनेछ ।

केजीआईकाअनुसार नयाा आईफोनमा फोर्स टच रिकोग्निशन सिस्टममा सुधार गरिएको छ  भने फोनको रिसिभरमा पनि सुधार हुनेछ ।

नयाँ आईफोनको अर्को महत्वपूर्ण विशेषता भनेको यो फोन वाटरप्रुफ रेटिंग आईपीएक्स ७ (IPX7) प्रमाणित हुनेछ, जुन एप्पलको वाचले प्राप्त गरेको छ ।

विश्लेषकले नयाँ आईफोन ६ करोड ५० लाख भन्दा बढि यूनिट यो वर्षको अन्त्यसम्म बिक्री हुने अनुमान गरेको छ, जुन यसअघिको आईफोन सिक्स एसको ८ करोड २० लाख यूनिट भन्दा निकै कम हो ।

माध्यम

प्रकाशित: २० भाद्र २०७३, सोमबार

Comments are closed.

Loading...