Technology Khabar १९ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, १९ भदौ । सामसंगले दशैंको अवसरमा बजार बढाउने रणनीतिअन्तरगत हरेक जसो सामसंग स्मार्टफोनहरुका छुट योजना ल्याएको छ । कम्पनीले प्रिमियम फ्ल्यागशिपदेखि इन्ट्रि लेभलसम्मका सामसंगका फोनहरुमा छुट दिएको हो ।
‘सामसंगसँग दशैंमा सेभिंग’ योजनाअनुसार कम्पनीले सामसंग स्मार्टफोनहरुमा छुट योजना ल्याएको हो । कम्पनीले आफ्नो प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी एस सेभेन (Galaxy S7) तथा एस सेभेन एजमा (Galaxy S7 Edge) पनि छुट दिने भएको छ । कम्पनीले यसमा छुट नभने पनि यसलाई “क्यासब्याक’ अफरअन्तर्गगत रु १२,००० सम्म रकम फिर्ता दिने भएको छ । यो एक किसिमको छुट अफर नै हो ।
कम्पनीले केहि दिनमा नै नेपाली बजारमा नयाँ नोट फोन ग्यालेक्सी नोट सेभेन सार्वजनिक गर्ने तयारी गरीरहेको बेलामा ग्यालेक्सी नोट फाईभ (Galaxy note 5) ड्यूल सिम मोडलमा पनि भारी छुट दिएको छ । कम्पनीले यसमा रु १०,००० को छुट दिँदै रु.७६,९०० मूल्य तोकेको छ ।
त्यस्तै कम्पनीले आफ्ना अन्य जे सिरिजका फोनहरु तथा ए सिरिजका फोनहरु, ट्याब तथा अन्य एसेसरिजमा पनि छुट दिएको छ ।
सामसंगले ए सिरिजको फोनहरुमध्ये ए सेभेन २०१६ (Galaxy A7 [6]) को मूल्यमा रु ५,००० घटाएर रु. ४५,९०० तोकेको छ भने ग्यालेक्सी ए फाइभ २०१६ (Galaxy A5 [6]) भर्सनमा रु. ४,००० घटाएर रु. ३७,९०० मूल्य तोकेको छ ।
जे सिरिजका स्मार्टफोनमा छुट
कम्पनीले नेपाली बजारमा सबैभन्दा चलेको जे सिरिजका विभिन्न स्मार्टफोनहरुमा पनि छुट दिएको छ । जे सिरिजका फोनहरुमध्ये ग्यालेक्सी जे सेभेन २०१६ (Galaxy J7 [6]) मा रु. १,५०० छुट दिँदै रु.२६,४९० तोकेको छ भने ग्यालेक्सी जे फाइभ २०१६ (Galaxy J5 [6]) संस्करणमा रु.२,००० घटाएर रु.२३,४९० तोकेको छ । तर कम्पनीले ग्यालेक्सी जे टू २०१६ (Galaxy J2 [6]) संस्करणमा भने कुनै छुट दिएको छैन् । यसको मूल्य कम्पनीले बजारमा र १५,९०० तोकेको छ ।
त्यस्तै जे सिरिजका पुराना संस्करणका फोनहरुमा पनि छुट दिएको छ । ग्यालेक्सी जे सेभेनको (Galaxy J7) पुरानो भर्सनमा रु. १,००० घटाएर रु. २१,९०० कायम गरेको छ भने ग्यालेक्सी जे फाइभको (Galaxy J5) पुरानो मोडलमा कुनै छुट दिएको छैन् । यसको मूल्य रु. १७,९०० तोकेको छ । उता जे सिरिजको ग्यालेक्सी जे टू (Galaxy J2) पुरानो संस्करणमा भने रु. ९१० छुट दिँदै रु. ११,९९० मूल्य तोकेको छ ।
सामसंगले जे सिरिजको सबैभन्दा तल्लो तहको स्मार्टफोन जे वान एसमा (Galaxy J1 Ace) कुनै छुट दिएको छैन् ।
वेयरेबल डिभाइस
कम्पनीले वेयरेबल डिभाइसहरु गियर एस टू प्लाटिनममा (Gear S2 Platinum) रु.२,००० घटाएर रु.४९,९०० तोकेको छ भने गियर एस टू क्लासिकमा (Gear S2 Classic) रु. ३,६०० घटाएर रु.३४,९०० तोकेको छ । कम्पनीले गियर एस टूमा (gear S2) पनि रु ४,६०० घटाएर रु २९,९०० तोकेको छ ।
ट्याबहरुमा छुट
ट्याबहरु तर्फ कम्पनीले ग्यालेक्सी ट्याब ई (Galaxy Tab E) को मूल्यमा रु. २,००० घटाएर रु.२५,९९० तोकेको छ भने ग्यालेक्सी ट्याब थ्री भीको (Galaxy Tab 3 V) मूल्य रु. १,६९० घटाएर रु. १४,९०० तोकेको छ । तर भर्खरै नेपाली बजारमा सार्वजनिक गरेको ग्यालेक्सी जे म्याक्स (Galaxy J Max) ट्याबको मूल्यमा भने कुनै कटौती गरेको छैन् । यसको मूल्य कम्पनीले २१,९०० तोकेको छ ।
प्रकाशित: १९ भाद्र २०७३, आईतवार