सामसंगको ग्यालेक्सी नोट सेभेन नेपाल आउँदै, क्यान कमटेकमा पहिलो प्रदर्शनी

Technology Khabar १७ भाद्र २०७३, शुक्रबार

सामसंगको ग्यालेक्सी नोट सेभेन नेपाल आउँदै, क्यान कमटेकमा पहिलो प्रदर्शनी

काठमाडौं ।

काठमाडौं, १७ भदौ । सामसंगको प्रिमियम फ्ल्यागशिप फोन ग्यालेक्सी नोट सेभेन नेपालमा आउने भएको छ । सामसंगले नेपाली बजारमा करिब एक महिना ढिलो गरि फोन ल्याउने भएको हो ।

विश्वको यो वर्ष सार्वजनिक भएका चर्चित स्मार्टफोनहरु मध्येको एक यो स्मार्टफोन नेपालमा कहिले आउने वा नआउने भन्ने निकै चर्चा चलिरहेको थियो । छिमेकी मुलुकहरु भारत र चीनमा पनि औपचारिकरुपमा सार्वजनिक भएको र खरिदका लागि उपलब्ध रहेको यो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक हुन सकेको थिएन् ।

तर करिब एक महिनापछि भएपनि सामसंगले ग्यालेक्सी नोट सेभेन बजारमा ल्याउन लागेको हो । यसअघि नै सामसंग नेपालका एक अधिकारी यो स्मार्टफोन बजारमा कहिले आउने भन्ने टुंगो नभईरहेको बेला सेप्टेम्बरको तेस्रो सातासम्म आउने जानकारी दिएका थिए ।

यो स्मार्टफोन अब भने नेपाल आउने पक्का भएको छ । यसको ठोस प्रमाण हो क्यान महासंघद्धारा क्यान कमटेक २०१६ (CAN CommTech2016) को लागी जारी विज्ञप्ति । सामसंगले सहकार्य गर्न लागेको क्यान कमटेक २०१६ प्रर्दशनीको अवसर पारेर सामसंगले नेपालमा ग्यालेक्सी नोट सेभेन ल्याउने भएको छ । विज्ञप्तिमा सामसंगले हालै विश्व बजारमा चर्चामा रहेको ग्यालेक्सी नोट सेभेन प्रदर्शनीमा राख्ने उल्लेख गरिएको छ । क्यान कमटेक २०१६ यहि भदौ २३ गते अर्थात सेप्टेम्बर ८ तारिखदेखि काठमाडौंमा आयोजना हुँदैछ ।

विज्ञप्तिमा भनिएको छ, “सुबिसु क्यान कमटेक २०१६ इन एसोसिएसन विथ सामसुङ” का एशोसिएट स्पोन्सर सामसुङले नेपालका लागि special feature Turbo speed technology, S-bike mode, ultra data saving mode, ultra power saving mode भएको J-Series  का फोनहरु प्रदशन गर्ने छ । मुख्य आकर्षणको रूपमा अवलोकनकर्ताहरुले नेपालमा पहिलो पटक सामसुङको नयाँ flagship phone Note 7  अनुभव गर्न सक्नुहुने छ साथै सामसुङको Virtual Reality Device (Gear VR) को रोचक अनुभब पनि लिन सक्नुहुने छ ।”

यसको अर्थ सामसंगले क्यान कमटेक २०१६ मा यो स्मार्टफोन प्रदर्शनीमा राखेपनि यो फोन खरिद गर्न भने केहि समय कुर्नुपर्ने हुनसक्दछ । कम्पनीका अधिकारीले भने अनुसार सेप्टेम्बर तेस्रो सातादेखि मात्र खरिद गर्न सकिने र त्यो भन्दा अगाडि प्रि बुकिंग मात्र गर्न सकिने अनुमान गर्न सकिन्छ ।

easy care

प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

ताजा समाचार