सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज

Technology Khabar १७ भाद्र २०७३, शुक्रबार

सामसंगको ग्यालेक्सी जे सेभेन प्राइम, ३ जीबी र्याम र ३२ जीबी स्टोरेज

काठमाडौं, १७ भदौ । सामसंगले ग्यालेक्सी जे सेभेनको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले भियतनाममा पहिलो पटक ग्यालेक्सी जे सेभेनको नयाँ भर्सन ग्यालेक्सी जे सेभेन प्राइम (Galaxy J7 Prime) आधिकारिकरुपमा सार्वजनिक गरेको छ ।

ग्यालेक्सी जे सेभेन २०१६ संस्करणमा सुधार गरिएको यो नयाँ स्मार्टफोनमा हाई स्क्रीन रिजोल्यूशन, र्याम तथा स्टोरेजमा वृद्धि, फिंगरप्रिन्ट स्क्यानर, तथा सुधार गरिएको फ्रन्ट क्यामरा राखिएको छ ।Samsung-Galaxy-J7-Prime

सामसंग ग्यालेक्सी जे सेभेन प्राइम स्मार्टफोन ५.५ इन्चको १०८० पिक्सेल भएको डिस्प्ले राखिएको छ भने यसमा २.५ डी गोरिल्ला ग्लास ४ द्धारा सुरक्षित बनाईएको छ । यसमा १३ मेगापिक्सेलको प्राइमरी क्यामरा छ जसले १०८० पिक्सेलको भिडियो रेकर्डिंग गर्न सक्दछ । त्यस्तै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

यो स्मार्टफोनमा १.६ गीगाहर्जको अक्टा कोर एक्सनोज ७८७० प्रोसेसर छ भने ३ जीबी र्याम तथा ३२ जीबी आन्तरिक स्टोरेज राखिएको छ भने माइक्रो एसडी कार्ड स्लट पनि राखिएको छ । तर यो स्मार्टफोन ग्यालेक्सी जे सेभेन २०१६ कै बराबरीको ३,३०० एमएएचको ब्याट्री राखिएको छ ।j7-prime-vs-j7

यो फोनमा मेटल बडि छ जसको मोटाई ८.१ मिलिमिटर रहेको छ । कनेक्टिभिटीका लागि यसमा फोरजी एलटिई, वाईफाई, ब्लूटूथ, जीपीएस तथा माइक्रो यूएसबी २.० कनेक्टिभिटी रहेको छ ।

सामसंगले सार्वजनिक गरेको ग्यालेक्सी जे सेभेन प्राइमको मूल्य भियतनाममा ६,२९०,००० भियतनामी डलर अर्थात करिब २८० अमेरिकी डलर तोकिएको छ ।

यो डिभाइस अन्य बजारहरुमा आउने वा नआउने विषयमा भने कुनै जानकारी छैन् ।

माध्यम

प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

Comments are closed.

Loading...