शिओमीको एमआई रोबोट भ्याकुम क्लिनर

Technology Khabar १७ भाद्र २०७३, शुक्रबार

शिओमीको एमआई रोबोट भ्याकुम क्लिनर

काठमाडौं ।

काठमाडौं, १७ भदौ । शिओमीले एमआई इको सिस्टम बनाउने उदेश्यअनुसार नयाँ उत्पादन सार्वजनिक गरेको छ । कम्पनीले एमआई रोबोट भ्याकुम (Mi Robot Vacuum) सार्वजनिक गरेको छ ।

शिओमीले सार्वजनिक गरेको भ्याकुम क्लिनर रोबोट चीनमा यसै सातादेखि उपलब्ध हुनेछ । एमआई रोबोट भ्याकुममा विभिन्न किसिमका सेन्सरहरु राखिएका छन जसलाई लेजर डिस्ट्यान्स सेन्सर भनिन्छ । कम्पनीले ल्याएको यो सेन्सर प्रविधि आफैंले उत्पादन गरेको प्रविधि हो ।

यो प्रविधिले ३६० डिग्रीमा रोबोटलाई घुमाउन सक्दछ जून १८०० पटक प्रति सेकेण्ड हुन्छ ।

एमआई रोबोट भ्याकुम एमआई होम एपसँग जोडिएको छ । यो एपले रोबोट भ्याकुमलाई स्मार्टफोन तथा ट्याबलेटद्धारा नियन्त्रण गर्न सकिन्छ ।

एमआई रोबोट भ्याकुममा ५२०० एमएएच ब्याट्री प्याक राखिएको छ जसले २.५ घण्टासम्मको सफाई गर्न सक्दछ ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

ताजा समाचार