अप्रिलीआको शोरुम विर्तामोडमा

Technology Khabar १७ भाद्र २०७३, शुक्रबार

अप्रिलीआको शोरुम विर्तामोडमा
Classic Tech

काठमाडौं, १७ भदौ । रेसिङ्ग बाईक अप्रिलीआको आधिकारिक शोरुमको शुभारम्भ उपत्यका बाहिर पहिलो पटक झापाको विर्तामोडमा भएकोे छ । अप्रिलिआको नेपालको लागि आधिकारिक विक्रेता जे एण्ड जे ईन्टरनेशनल रहेकोे छ ।

हाल बजारमा अप्रिलिआको एसटिएक्स रोड र इटीएक्स इन्ड्युरो नामक मोडल चल्तीमा रहेको छ । यी मोटरसाईकलहरु १५० सिसि क्षमताको रहेको छ भने एसटिएक्स रोड बाईक पिच रोडको लागि आकर्षक मानिनेछ भने इटिएक्स इन्ड्युरो जस्तोसुकै अप्ठ्यारोमा पनि सजिलै कुदाउन सकिने हुँदा कच्ची बाटोको लागि सर्वश्रेष्ठ मानिएको छ ।

कम्पनीले शोरुम खुलेको अवसरमा मोटरसाईकलमा फाईनान्स तथा एक्सचेन्जको समेत सुविधा उपलब्ध गराएको छ । अप्रिलिआको सबै पार्टस्, पुर्जा यसको बिक्रि कक्षहरुमा सहजै प्राप्त गर्न सकिनेछ । हाल अप्रिलिआको उपत्यकामा सानो गौचरणमा एक बिक्रि कक्ष रहेको छ भने यस महिना भित्र नै उपत्यकाको कालिमाटी तथा उपत्यका बाहिर इटहरीमा समेत बिक्रि कक्ष खुल्न लागेको छ ।

अप्रिलीआ बाइकले हालसम्म मोटरसाइकल रेसिङ्ग विश्व च्याम्पिसयनसिपमा ५४ वटा मेडल जितिसकेको छ । जे एण्ड जे ले निकट भविष्यमा अप्रिलिआ आरएस ४ १२५ नामक मोटरसाईकल ल्याउन लागेको छ भने यस अघि कम्पनीले ७५० सिसि क्षमताको  अप्रिलिआको डोरसोडुरो ७५० एबिएस मोटरसाइकल नेपाली बजारमा भित्र्याईसकेको छ ।

TK Viber

प्रकाशित: १७ भाद्र २०७३, शुक्रबार

Loading...