यामाहाको ‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक

Technology Khabar १५ भाद्र २०७३, बुधबार

यामाहाको ‘स्पोर्टी स्कुटर’ रे जेडआर सार्वजनिक
Classic Tech

काठमाडौं, १५ भदौ । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नाडा अटो शोमा नयाँ सिग्नस रे जेडआर सार्वजनिक गरेको छ ।

‘स्पोर्टी र हेभी’ स्कुटरमा बलियो फ्रन्ट मास्क, सीधा रेखाहरु र गतिको आभाष दिलाउने ग्राफिक्स कोरिएका छन् । नयाँ मोडेलले व्यवहारिकता र सुविधालाई जोड दिएको कम्पनीको भनाई छ ।

रे जेडआरमा एअर कुल्ड ४–स्ट्रोक, एसओएचसी, सीभीटीजडित ११३ सीसी ‘ब्लु कोर’ इन्जिन जडान गरिएको छ । सीभीटीले स्कुटर सुरु हुँदा र गुडिराख्दा ‘स्मुथनेस’को आभाष दिलाउँछ । नयाँ स्कुटरको डिजाइन अतुलनीय रुपमा आकर्षक छ भने इन्धनको अधिकतम प्रयोगलाई प्रत्याभुत गर्छ र यसकै कारण यसको माइलेज ६६ किलोमिटर प्रति लिटर रहेको दाबी कम्पनीले गरेको छ ।

यो स्कुटरमा ‘कि सटर लकिङ सिस्टम’ राखिएको छ । यसले स्कुटर चोरी हुनबाट बचाउँछ । चुच्चो टेल लाइटले स्कुटरलाई थप आकर्षक बनाएको छ । पछाडिको साइट लाइट बडीबाट बाहिर निस्कने गरी डिजाइन गरिएको छ जसले यसलाई स्पोर्टी देखाउँछ । साथै यसमा डिस्क ब्रेक, ट्युबलेस टायर र रोबस्ट बडी फिचर रहेका छन् ।

रे जेडआर डिस्क र ड्रम ब्रेकमा उपलब्ध छ । डिस्क ब्रेक मोडेल ‘म्याट ग्रिन’ र ‘फिज् ह्वाइट’ गरी दुई आकर्षक कलर र ड्रम ब्रेक मोडेल ‘माभेरिक ब्लु’ र ‘रुस्टर रेड’मा आउने कम्पनीले उल्लेख गरेको छ ।

TK Viber

प्रकाशित: १५ भाद्र २०७३, बुधबार

Loading...