रेनो ब्राण्ड नेपाल भित्रियो, क्विड र डस्टर सार्वजनिक

Technology Khabar १४ भाद्र २०७३, मंगलवार

रेनो ब्राण्ड नेपाल भित्रियो, क्विड र डस्टर सार्वजनिक
Classic Tech

काठमाडौं, १४ भदौ । फ्रान्सेली बहुदेशीय अटोमोबाइल उत्पादक, रेनो, नेपाली बजारमा प्रवेश गरेको छ । एडभान्स अटोमोबाइल्स प्राइभेट लिमिटेडले नेपालमा रेनोको क्विड र डस्टर सेगमेन्टको कारहरु भित्र्याएको छ ।

काठमाडौंमा आयोजित रेनो सार्वजनिक कार्यक्रममा रेनो समूहका भारतीय उपमहादेशीय संचालनका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक सुमित सहानीले रेनो ब्राण्डलाई सार्क क्षेत्रका महत्वपूर्ण देशहरुमा लैजाने प्रयास गरिरहेको र त्यहि रुपमा नेपालमा आएको बताए ।

रेनोले काठमाडौं थापाथलीको जेसिस भवनमा शोरुम स्थापना गरेको छ भने यसको आधिकारिक बितरक एडभान्स अटोमोबाइल्स प्रालिले दुईवटा वर्कसपहरु संचालन गर्ने जानकारी दिएको छ । यसमध्ये पहिलो वर्कसप कालोपुलमा संचालमा आईसकेको र दोस्रो दोस्रो काठमाडौंको परोपकारमा छिटै संचालनमा आउने बताईएको छ ।

शुरुवातमा एडभान्स अटोमोबाईल प्रालिले क्विड तथा डस्टर उपलब्ध गराउनेछ । गाडि सार्वजनिक कार्यक्रममा रेनो क्विडको शुरुवाती मूल्य १६ लाख ८९ हजार ९ सय ९९ रुपैंयादेखि माथि तथा डस्टरको शुरुवाती मूल्य ३५ लाख ३३ हजार ९ सय ९० रुपैंया तोकिएको कम्पनीले पत्रकार सम्मेलनमा जानकारी दियो ।

रेनो क्विड, कम्प्याक्ट ह्याचब्याक सेगमेन्टको गाडि हो जून रेनोको विश्वव्यापी समूहले डिजाइन तथा विकास गरेको कम्पनीले उल्लेख गरेको छ । त्यसैगरी डस्टर दक्षता, विश्वसनियता, मूल्यको महत्वका साथै राम्रोसँग समेटिएको र सेगमेन्ट ब्रेकिंग उत्पादनका साथसाथै सेडानको विकल्पको रुपमा आएको प्रिमियम एसयूभी हो । यसमाउच्च ईन्जिनियरिंग, स्टाइल, सुरक्षा र आरामदायी सुविधाहरु रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

रेनो यहि भदौ १४ गतेदेखि शुरु भएको नाडा अटो शो २०७३ मा पनि सहभागी हुँदैछ ।

TK Viber

प्रकाशित: १४ भाद्र २०७३, मंगलवार

Loading...