वन प्लसको स्मार्टफोन चार्ज गरिरहेको समयमा पड्कियो

Technology Khabar १२ भाद्र २०७३, आईतवार

वन प्लसको स्मार्टफोन चार्ज गरिरहेको समयमा पड्कियो
Classic Tech

काठमाडौं, १२ भदौ । चीनको चर्चित स्मार्टफोन कम्पनी वन प्लसले केहि वर्षअघि बजारमा सार्वजनिक गरेको वन प्लस वन (One Plus 1) स्मार्टफोन चार्ज गरिरहेको बेलामा पड्किएको छ ।

वान प्लसको पुरानो मोडल वन प्लस वान स्मार्टफोन चार्जको समयमा पड्किएर जलेको तस्विर प्रयोगकर्ताले आफ्नो ट्विटरमा राखेका छन् ।

ट्वीटर यूजर दीपक गोसेनले आफ्नो वन प्लस वान स्मार्टफोन यहि अगस्ट २२ तारिखमा चार्ज गरिरहेको बेला फुटेको जानकारी दिएका छन् । उनले उक्त स्मार्टफोनको फोटो पनि ट्वीटरमा राखेका छन् ।One Plus _Pic

उनले आफ्नो ट्वीटरमा लेखेका छन् पड्किएको समय उनी करिब करिब बचेका छन् । भारतको चण्डिगढमा भएको यो घट्नामा उनले ट्वीटरमा वन प्लससहित अमेजन इन्डियासँग पनि यो विषयमा गुनासो गरेका छन् । उनले क्षतिपूर्तिको रुपमा आईफोनको माग पनि गरेका छन् ।

ट्वीटर प्रयोगकर्ताले जलेको स्मार्टफोनको फोटो शेयर गरेका छन जसमा उनको फोन पुरै जलेको देखिन्छ । जहाँ फोन राखेर उनले चार्ज गरेका थिए त्यहाँको काठ पनि जलेको देखिनछ । अझ महत्वपूर्ण भनेको यसमा चार्जर जोडिरहेको देखिन्छ भने ब्याट्री पुरै फुटेको छ ।

गोसेनले वन प्लस कस्टमर केयरको तर्फबाट राम्रो व्यवहार नभएको दाबी गरेका छन् ।

उता वन प्लसले यो घटनापछि उक्त यूजरलाई सपोर्ट गरेको दाबी गरेको छ । उक्त स्मार्टफोन दुई वर्ष पुरानो रहेको र वारेन्टीमा नभएको बताईएको छ । कम्पनीले उनलाई यसको बदलामा वन प्लस थ्री स्मार्टफोन दिएको दाबी गरिरहेको छ ।

आधिकारिकरुपमा कम्पनीले गोसेन तथा कस्टमर केयरको कुराकानीको बारेमा कुनैपनि जानकारी दिन चाहेको छैन् ।

तर कम्पनीले एक स्टेटमेन्ट जारी गरेर कस्टमर्सको सुरक्षा तथा स्वास्थ्य प्राथमिकतामा भएको उल्लेख गरेको छ ।

माध्यम

TK Viber

प्रकाशित: १२ भाद्र २०७३, आईतवार

Loading...