एप्पलको नयाँ फोनको नाम ‘आईफोन सिक्स एसई’, दुईवटा संस्करण मात्रै आउने

Technology Khabar ९ भाद्र २०७३, बिहीबार

एप्पलको नयाँ फोनको नाम ‘आईफोन सिक्स एसई’, दुईवटा संस्करण मात्रै आउने

काठमाडौं ।

काठमाडौं, ९ भदौ । एप्पलको नयाँ आईफोन सार्वजनिक हुने दिन नजिक आउँदै गर्दा यसको बारेमा विभिन्न किसिमका चर्चाहरु हुन थालेका छन् । नयाँ आईफोनको नाम आईफोन सेभेन (iPhone 7) हुने हो वा आईफोन सिक्स एसई (iPhone 6 SE) हुने हो भन्ने बहस शुरु भएको छ । त्यस्तै सन् २०१७ मा आउने आईफोनको विभिन्न मोडलमध्ये एउटा मोडल कर्ब्ड डिस्प्लेसहितको हुने अनुमान पनि अहिले नै शुरु भएको छ ।

एप्पलको नयाँ आउन लागेको आईफोनको चर्चा निकै अघिदेखि चलेपनि यसको बारेमा ठोस जानकारीहरु आउन सकेका छैनन् । तर हालै चीनको वेबसाइटमा नयाँ आईफोनको भनिएको बक्स तथा गिकबेन्चको जानकारी बाहिर आएको छ । उक्त जानकारीमा स्पष्टरुपमा नयाँ आईफोनलाई आईफोन सिक्स एसई लेखिएको छ । यदि यो जानकारी सहि हो भने एप्पलले नयाँ आईफोनको नाम आईफोन सेभेन वा सेभेन प्लस नराखेर आईफोन सिक्स एसई (iPhone 6 SE) तथा सिक्स एसई प्लस (6 SE Plus) राख्न लागेको हो ।iPhone 6 SE_02

चीनबाट आएको रिपोर्टअनुसार नयाँ आईफोनको गिकबेन्च स्कोरिंग पनि गरिएको छ जहाँ स्पष्टरुपमा आईफोन सिक्स एसई लेखिएको देखिन्छ । यो फोन एप्पलको पछिल्लो अपरेटिंग सिस्टम आईओएस १० ( iOS 10) मा संचालन भएको छ । नयाँ भनिएको आईफोनले गिकबेन्चमा सिंगल कोरमा ३०४२ स्कोर गरेको छ भने मल्टि कोरमा ५२१० स्कोर गरेको छ ।

त्यस्तै नयाँ आउन लागेको आईफोनमा क्यापासिटिभ होम बटन नहुनसक्ने संभावना रहेको छ तर यसको प्रोटोटाइपमा भने क्यापासिटिभ होम बटन राखिएको छ । नयाँ आईफोनको प्रिमियम सेटमा ह्वावे पी नाइन तथा अनर ८ को जस्तै दुईवटा रियर क्यामरासहित आउने बताईएको छ जसमध्ये एउटाले ब्ल्याक एण्ड ह्वाइट इमेज तथा अर्कोले फूल कलर इमेज खिच्नेछ ।iPhone 6 SE_03

सोहि रिपोर्टअनुसार एप्पलले सिक्स जेनेरेशनको आईफोनको बिक्रीलाई पनि निरन्तरता दिने भएको छ । कम्पनीले सिक्स एसई नामको नयाँ आईफोनका साथै पुरानो मोडल पनि सँगसँगै बिक्री गर्नेछ तर यसमध्ये सिल्भर तथा ग्रे कलर अप्सनसहितको आईफोन सिक्स सिरिज बिक्री गरिने तथा नयाँ डिभाइसहरुमा भने गोल्ड तथा रोज गोल्ड अप्सन हुनेछ ।

सन् २०१७ मा ड्युल कर्ब्ड डिस्प्लेसहितको आईफोन

उता अर्को एक रिपोर्टअनुसार एप्पलले सन् २०१७ मा सार्वजनिक गर्ने आईफोनका मोडलहरुमध्ये एउटामा सामसंग ग्यालेक्सी सिरिजको एस भर्सनका स्मार्टफोनहरु जस्तै ड्यूल कर्ब्ड डिस्प्ले हुनेछ ।

सन् २०१७ मा सार्वजनिक हुने आईफोनमध्ये एउटा ४.७ इन्चको तथा अर्को ५.५ इन्चको हुनेछ भने अर्को प्रिमियम ह्याण्डसेट भने ५.५ इन्च वा त्यो भन्दा ठूलो स्क्रीनसहित दुबैतिर घुमेको हुनेछ । तर दुईवटा मोडल भने अहिलेको जस्तै फ्ल्याट स्क्रीनमा आउनेछन् । तर यो डिस्प्ले ओएलईडी टेक्नोलोजीसहितको हुनेछ वा अहिलेको जस्तै लो-टेम्पेरेचर पोलि-सिलिकन (LTPS) प्यानेलसहित हुनेछ भन्ने स्पष्ट छैन् ।

केहि समय अघि सामसंगले सन् २०१७ मा उत्पादन हुने नयाँ आईफोनहरुका लागि सूपर एमोलेड (Super AMOLED) डिस्प्ले उपलब्ध गराउने सम्झौता भएको समाचार सार्वजनिक भएको थियो ।

माध्यम १  माध्यम २

Global Bank
easy care

प्रकाशित: ९ भाद्र २०७३, बिहीबार

ताजा समाचार