अपटेड समाचार
सामस‌ग मोबाइलको नेपाल कार्यालय । तस्विरः मोबाइल्सखबर डटकम

सामसंग मोबाइलको लखपति योजना आउँदै, चाडपर्व लक्षित प्रबर्द्धन

काठमाडौं, ८ भदौ । सामसंग मोबाइलले नेपाली बजारमा चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याउने तयारी गरेको छ । कम्पनीले सामसंग मोबाइलको बजार बढाउन नयाँ बिक्री प्रबद्र्धन योजना ल्याउन लागेको हो ।

सामसंग मोबाइल नेपालले सामसंग स्मार्टफोनको बजार प्रबद्र्धन गर्ने गरि नेपाली बजारमा बिहिवारदेखि लखपति योजना ल्याउन लागेको हो । कम्पनीले हरेक दिन ग्राहक लखपति हुने गरि बिक्री प्रबद्र्धन योजना ल्याउन लागेको बताईएको छ ।

कम्पनीले यसअघि अघिल्लो वर्ष सामसंग स्मार्टफोन किन्ने खरिदकर्ताहरुमध्ये गोलाप्रथाद्धारा भाग्यशाली  बिजेतालाई गाडि उपहार दिने योजना ल्याएको थियो । तर यसपटक एकै जना ग्राहकलाई भन्दा पनि धेरै ग्राहकहरुलाई फोन किनेपछि उपहार पर्ने संभावना अधिक बनाउन नयाँ योजना ल्याउन लागेको हो ।

“यसअघिको गाडि उपहार योजनामा एक जनाले मात्र बम्पर उपहार प्राप्त गरेको तर यो पटक धेरै भन्दा धेरै ग्राहकलाई उपहार बिजेता बनाउन यहि बिहिवारदेखि लखपति योजना ल्याउन लागिएको हो ।” कम्पनीको यस योजनाको बारेमा जानकार व्यक्तिले बताए ।

नयाँ योजना अनुसार हरेक दिन सामसंग फोन खरिदकर्तामध्येबाट एक जनालाई भाग्यशाली बिजेता घोषणा गरेर एक लाख रुपैंया नगद दिईनेछ । सामसंग नेपालले यसको लागि बिहिवारदेखि औपचारिक बिक्री क्याम्पेन गर्ने तयारी गरेको छ भने यसको बारेमा बिहिवारदेखि विज्ञापन पनि आउने कम्पनी नजिक स्रोतले जानकारी दियो । “सामसंग मोबाइलको नयाँ प्रबद्र्धन योजना आउन लागेको हो तर अहिलेसम्म विज्ञापन आईसकेको छैन् ।” विज्ञापन सम्बद्ध स्रोतले भन्यो । (यो समाचार तयार पार्दासम्म)

यसैगरी कम्पनीले यसबाहेक पनि विभिन्न छुट योजना ल्याउने भएको छ । सामसंगले हरेक स्मार्टफोन खरिदकर्तालाई निराश नहुनेगरि विभिन्न छुट तथा उपहार योजना ल्याउने तयारी गरेको हो ।

सामसंग मोबाइलले ल्याउन लागेको नयाँ योजना नजिकै आउन लागेको नेपालीहरुको मूख्य चाड दशैं तिहार तथा छठलाई ध्यानमा राखेर ल्याउन लागिएको अनुमान गर्न सकिन्छ । यो अवधिमा अधिकांश नेपालीहरुसँग दशैं खर्चका लागि भनेर राखिएको पैसा हुने र त्यस्तो रकम दशैं र तिहारको अवधिमा खर्च गर्ने गरिन्छ । यहि ठूलो मात्राको रकम आफ्ना सेवा तथा वस्तुहरुप्रति आकर्षित गर्न अधिकांश कम्पनीहरुले प्रबद्र्धनात्मक अफरहरु सार्वजनिक गर्ने गर्दछन् । सामसंग मोबाइलले पनि आफ्ना उत्पादनहरुको प्रबद्र्धनका लागि नयाँ योजना ल्याउन लागेको सहजै अनुमान गर्न सकिन्छ ।