यू ब्राण्डका दुई नयाँ स्मार्टफोनहरु ‘यूरेका एस’ तथा ‘यूनिक प्लस’

Technology Khabar ८ भाद्र २०७३, बुधबार

यू ब्राण्डका दुई नयाँ स्मार्टफोनहरु ‘यूरेका एस’ तथा ‘यूनिक प्लस’

काठमाडौं, ८ भदौ । भारतीय स्मार्टफोन ब्राण्ड यू ले यूरेका एस (Yureka S) तथा यूनिक प्लस (Yunique Plus) स्मार्टफोन सार्वजनिक गरेको छ । माइक्रोम्याक्सको सहायक कम्पनी यूले यी दुबै स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गरेको हो । कम्पनीको वेबसाइटमा दुबै स्मार्टफोनहरु लिस्टेड छन् ।

यूरेका एस (Yureka S)

यूले सार्वजनिक गरेको यूरेका एसमा एनोडाइज्ड एल्मुनियम ब्याक तथा पोलिकार्बोनेट फ्रेम बाहिरी भागमा प्रयोग गरिएको छ । यो स्मार्टफोनमा ५.२ इन्चको डिस्प्ले राखिएको छ जसलाई गोरिल्ला ग्लास ३ द्धारा सुरक्षित पारिएको छ । यो स्मार्टफोनमा स्न्यापड्रयागन ६१६ प्रोसेसरका साथमा ३ जीबीको र्याम तथा १६ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, जसलाई माइक्रो एसडीद्धारा बढाउन सकिन्छ ।yureka_s

यो स्मार्टफोनमा फोटो खिच्नका लागि १३ मेगापिक्सेलको रियर क्यामरा राखिएको छ भने सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । फोनमा पावरका लागि ३,००० एमएएचको ब्याट्री ब्याकअप छ भने एन्ड्रोयड ललीपप ५.१ भर्सनमा संचालन हुन्छ ।

यूनिक प्लस (Yunique Plus)

त्यस्तै कम्पनीले सार्वजनिक गरेको अर्को स्मार्टफोन यूनिक प्लसमा ४.७ इन्चको फूलएचडी डिस्प्ले राखिएको छ। यो स्मार्टफोनमा स्न्यापड्रयागन ४१० प्रोसेसरका साथमा २ जीबीको र्याम तथा ८ जीबीको स्टोरेज छ, जसलाई बढाउन सकिन्छ ।Yu_Yunique_01

फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा २,००० एमएएचको ब्याट्री प्याक राखिएको छ भने यो फोन पनि एन्ड्रोयड ललीपप ५.१ भर्सनमा आधारित छ ।

यूले सार्वजनिक गरेको यूरेका एसको मूल्य भारतीय बजारमा भारु, १२,९९९ तथा यूनिक प्लसको मूल्य भारु ६,९९९ तोकिएको छ । यूरेका एस ईकमर्श साइट ईबेमा भने १३,२९९ मा उपलब्ध छ ।

TK Viber

प्रकाशित: ८ भाद्र २०७३, बुधबार

Loading...