टाइजेनमा आधारित सामसंग जेड टू सार्वजनिक, इन्ट्रि स्मार्टफोनमा फोरजी सपोर्ट

Technology Khabar ७ भाद्र २०७३, मंगलवार

टाइजेनमा आधारित सामसंग जेड टू सार्वजनिक, इन्ट्रि स्मार्टफोनमा फोरजी सपोर्ट
Classic Tech

काठमाडौं, ७ भदौ । सामसंगले टाइजेनमा आधारित नयाँ स्मार्टफोन जेड टू (Samsung Z2) विश्व बजारमा सार्वजनिक गरेको छ । कम्पनीले भारतको नयाँ दिल्लीमा एक कार्यक्रमका बिच जेड टू सार्वजनिक गरेको हो ।

सामसंग जेड टू स्मार्टफोन लो इन्ड डिभाइस अर्थात बजेट फोन हो जुन स्मार्टफोन पहिलो पटक फिचर फोनबाट स्मार्टफोनमा अपग्रेड हुन चाहनेहरुका लागि केन्द्रित गरिएको छ । यो स्मार्टफोन जेड सिरिजमा आएको तेस्रो स्मार्टफोन हो यसअघि जेड वान तथा जेड थ्री स्मार्टफोन सार्वजनिक भईसकेका छन् भने फोरजी एलटिई (4G LTE) कनेक्टिभिटी भएको पहिलो टाइजेन (Tizen) फोन हो ।Samsung Z2_03

सामसंज जेड टूमा ३.९७ इन्चको डिस्प्ले राखिएको छ भने यसमा स्प्रेडट्रम क्वाड-कोर प्रोसेसरद्धारा संचालन हुन्छ । यो फोनमा १ जीबीको र्याम तथा ८ जीबीको इन्टरनल स्टोरेज राखिएको छ, जसलाई बढाउन सकिन्छ ।

फोटोका लागि जेड टूमा ५ मेगापिक्सेलको रियर क्यामरा तथा फ्रन्ट भिजिए क्यामरा राखिएको छ । यसमा पावरका लागि १,५०० एमएएचको ब्याट्री राखिएको छ । जेड टू स्मार्टफोन टाइजेन २.४ भर्सनमा आधारित रहेको छ भने यसमा माइ मनि ट्रान्सफर एपलगायतका एप्स छन् ।

विभिन्न १२ क्षेत्रिय भाषाहरु सपोर्ट गर्ने जेड टू स्मार्टफोनमा पनि एस बाइक मोड फिचर राखिएको छ ।

भारतीय बजारमा अगस्ट २९ तारिखदेखि किन्न सकिने यो फोनको मूल्य भारु ४,५९० अर्थात करिब ७ हजार ४ सय रुपैंया तोकिएको छ । यो स्मार्टफोन गोल्ड, ब्ल्याक, रेड वाइन कलरमा उपलब्ध हुनेछ ।Samsung Z2_05

टाइजेनमा आधारित स्मार्टफोन विशेषगरि विकासोन्मुख मुलुकका सस्ता उपभोक्ताहरुलाई ध्यानमा राखेर ल्याईएको हो । केहि समयअघि आएको एक रिपोर्टमा यो स्मार्टफोन भारतसहित, नेपाल, बंगलादेश, श्रीलंकालगायतका मुलुकमा पनि सार्वजनिक हुने उल्लेख गरिएको थियो । तर हाल यस विषयमा थप जानकारी दिईएको छैन् ।

TK Viber

प्रकाशित: ७ भाद्र २०७३, मंगलवार

Loading...