Technology Khabar ५ भाद्र २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ५ भदौ । क्यामरा उत्पादक निकोनले नयाँ क्यामरा विश्व बजारमा सार्वजनिक गरेकोछ । कम्पनीले डि३४०० नामक क्यामरा सार्वजनिक गरेको हो ।
निकोनले ल्याएको डि ३४०० क्यामरा यहि सेप्टेम्बरदेखि मात्र बजारमा उपलब्ध हुनेछ ।
यो क्यामराको मुख्य विशेषता भनेको स्न्यापबर्ज (Snapbirdge) फीचर हो जसले फोटो ट्रान्सफर गर्न सहयोग गर्दछ । यसको सहयोगबाट स्मार्टफोन, ट्याबलेटलाई क्यामरासँग जोडेर निकै कम समयमा फोटो ट्रान्सफर गर्न सकिन्छ । त्यस्तै यो क्यामरालाई एक पटक चार्ज गरेपछि करिब १२०० वटा फोटोहरु एक पटकमा खिच्न सकिन्छ ।
निकोन डि ३४०० मा २४ मेगापिक्सेलको सिमोस सेन्सर लेन्स प्रयोग गरिएको छ । यसमा नोट अप्टिकल लो पास फिल्टर राखिएको छ जसले तस्विरको गुणस्तरलाई बढाउँछ । यो क्यामराको सटर स्पीड १र४००० सेकेण्डसम्म रहेको छ ।
निकोनको नयाँ क्यामराले फूल एचडी १०८०पिक्सेल रिजोल्यूशन भएको भिडियो रेकर्ड गर्न सकिन्छ । तर यो क्यामराले फोर के भिडियो भने सपोर्ट गर्दैन् ।
विश्व बजारमा निकोन डि ३४०० क्यामराको मूल्य ६५० अमेरिकी डलर तोकिएको छ ।
प्रकाशित: ५ भाद्र २०७३, आईतवार