माइक्रोम्याक्स क्यानभास ५ लाइटको स्पेशल एडिसन, ३ जीबी र्याम तथा वुड फिनिश रियर प्यानल

Technology Khabar १ भाद्र २०७३, बुधबार

माइक्रोम्याक्स क्यानभास ५ लाइटको स्पेशल एडिसन, ३ जीबी र्याम तथा वुड फिनिश रियर प्यानल

काठमाडौं, १ भदौ । भारतीय स्मार्टफोन निर्माता कम्पनी माइक्रोम्याक्सले क्यानभास ५ लाइटको (Micromax Canvas Lite) स्पेशल एडिसन सार्वजनिक गरेको छ । कम्पनीले क्यानभास ५ लाइटको म्यापल तथा वालनट वुड फिनिसिंगमा (Maple and Walnut Wood Finish) स्पेशल एडिसन ल्याएको हो ।

यो स्मार्टफोन कम्पनीको वेबसाइटमा लिस्टेड भएको छ ।

क्यानभास ५ लाइटको स्पेशल एडिसनमा ५ इन्चको एचडी आईपीएस डिस्प्ले राखिएको छ भने १ गीगाहर्ज क्वाड-कोर मिडिया टेक प्रोसेसरद्धारा संचालन हुन्छ । यसमा ३ जीबीको र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज सहितको स्मार्टफोन लिस्टेड भएको छ भने यसका साथै २ जीबी र्याम तथा १६ जीबी स्टोरेज भएको फोन पनि लिस्टेड छ । जून यसको स्पेसिफिशेसनमा राखिएको छ ।micromax Canvas 5 Lite_02

फोटोका लागि यो स्मार्टफोनमा ८ मेगापिक्सेलको रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.० भर्सनमा आधारित छ भने २,००० एमएएचको ब्याट्री राखिएको छ । यसको ब्याट्रीले १५० घण्टाको स्ट्याण्डबाई तथा ४.५ घण्टाको टकटाइम दिने कम्पनीको दाबी छ ।

कनेक्टिभिटीका लागि यसमा ड्यूल सिम, थ्रीजी, फोरजी, जीपीएस, माइक्रो यूएसबी, वाईफाई, ब्लूटूथलगायतका फीचर छन् ।

कम्पनीले माइक्रोम्याक्स क्यानभास ५ लाइट स्पेशल एडिसनको मूल्य भने उल्लेख गरेको छैन् ।

स्रोत माध्यम

प्रकाशित: १ भाद्र २०७३, बुधबार

Comments are closed.

Loading...