बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकहरुलाई पुर्नताजगी तालिम

Technology Khabar १ भाद्र २०७३, बुधबार

बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकहरुलाई पुर्नताजगी तालिम

काठमाडौं ।

काठमाडौं, १ भदौ । हालै ने.रा.बैंकले जारी गरेको मौद्रिक नीति २०७३/७४ मार्फत बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकहरुले वार्षिक रुपमा Directors’ Course लिनु पर्ने भन्ने उल्लेख गरेको छ ।

यही कुरालाई मध्येनजर गरेर नेशनल बैंकिङ्ग इन्ष्टिच्युटले यही साउन २८ र २९ गते बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका सदस्यहरुको लागि “Directors Refresher Course” विषयक २ दिने आवासीय तालीम कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

कार्यक्रममा वाणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष र सदस्यहरु गरी २७ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमका सञ्चालक समितिको भूमिका र दायित्व, संस्थागत सुशासन, जोमिख व्यवस्थापन र बलियो वित्तीय संस्थाको लागि बलियो सञ्चालक समिति विषयहरुमा बैंक तथा वित्तीय संस्था नियमन विभाग नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक शिवनाथ पाण्डे र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्कर मणि ज्ञवालीले प्रस्तुती दिएका थिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले संस्थालाई सबल र दिगो बनाउन संस्थागत सुशासनको भूमिका अपरिहार्य रहेको बताए । उनले बलियो संस्थागत सुशासन कायम भएको खण्डमा आन्तरिक तहबाट सिर्जना हुने जोखिमहरु पनि ज्यादै न्यून हुनुको अतिरिक्त यसलाई सहि तरिकाले व्यवस्थापन गर्न सकिने धारणा व्यक्त गरे ।

easy care

प्रकाशित: १ भाद्र २०७३, बुधबार