माइक्रोम्याक्सको क्यानभास यूनाइट फोर प्रो बजारमा

Technology Khabar ३० श्रावण २०७३, आईतवार

माइक्रोम्याक्सको क्यानभास यूनाइट फोर प्रो बजारमा

काठमाडौं, ३० साउन । माइक्रोम्याक्सले नयाँ स्मार्टफोन क्यानभास यूनाइट फोर प्रो Q465 (Canvas UNITE 4 PRO) नेपाली बजारमा सार्वजनिक गरेको छ ।

बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनमा १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यसमा १६ जीबीको स्टोरेज रहेको छ ।

फोनमा ५.१ इन्चको एचडी डिस्प्ले राखिएको छ भने फोनमा ३,९०० एमएएचको व्याट्री रहेको छ । यसमा ८ मेगापिक्सेको अटो फोकस रियर क्यामरा तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएकोछ ।

यो स्मार्टफोन एन्ड्रोयडको ललीपप ५.१ अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

क्यानभास यूनाइट फोर प्रोमा २ जीबीको र्याम छ भने यसमा ड्यूल हाइब्रिड सिम स्लट रहेको छ । यसमा थ्रीजी तथा फोरजी सपोर्ट गर्दछ ।

कनेक्टिभिटीका लागि यसमा वाईफाई, ब्लूटूथ लगायतका सुविधा पनि छन् ।

माइक्रोम्याक्सको यो स्मार्टफोनको अर्को विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट सेन्सर हो । त्यसैगरी माइक्रोम्याक्स क्यानभास यूनाइट फोर प्रो स्मार्टफोनको खरिदमा प्रत्येक ग्राहकले एंकर ब्राण्डको ३३५० एमएएचको पावर ब्यांक निशुल्क प्राप्त गर्नेछ ।

माइक्रोम्याक्स क्यानभास यूनाइट फोर प्रो नेपाली बजारमा रु.१६,२३६/– खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित: ३० श्रावण २०७३, आईतवार

Comments are closed.

Loading...