केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर

Technology Khabar ३० श्रावण २०७३, आईतवार

केएल टावरमा एक महिने कार्निभल, ५० प्रतिशतसम्म छुटको अफर

काठमाडौं ।

काठमाडौं, ३० साउन । चाबहिलस्थित केएल टावरमा शुक्रबारदेखि कार्निभल इभेन्ट संचालनमा आउने भएको छ । मलले चाड पर्वमा उपभोक्तालाई सुपथ मूल्यमा वस्तु तथा सेवा उपलब्ध गराउने लक्ष्य सहित एक महिनमा सम्म कार्निभल संचालनमा ल्याएको हो । उक्त अवधिमा ग्राहकहरुले ५० प्रतिशतसम्मको छुटमा सपिङ गर्न सक्ने छन् ।

मलमा लत्ताकपडा, जुत्ता, चम्पल, घडी, ब्याग कस्मेटिक लगायतका सामानमा ५० प्रतिशतसम्म छुट तथा विभिन्न आर्कषक उपहार समेत जित्न सकिने कानिर्भलका आयोजकले जानकारी दिएका छन् ।

एक महिनाको अवधिसम्म चल्ने कार्निभलमा विभिन्न सांगितिक कार्यक्रम, फेशन सो, गेम सो, फ्रि नेल आर्ट तथा निःशुल्क फेस पेण्टिङ लगायतका कार्यक्रम निरन्तर संचालन हुने बताईएको छ ।

साढे दश तले टावरमा ५० भन्दा बढी संख्यामा स्तरीय स्टोरहरु सञ्चालनमा रहेका छन् । साउन २८ गतेबाट संचालनमा आउने सपिङ कार्निभल आगामी भदौ २५ गतेसम्म चल्नेछ ।

Global Bank
easy care

प्रकाशित: ३० श्रावण २०७३, आईतवार

ताजा समाचार