ग्लोबल आइएमई बैंकद्धारा कम्प्युटर सहयोग

Technology Khabar ३० श्रावण २०७३, आईतवार

ग्लोबल आइएमई बैंकद्धारा कम्प्युटर सहयोग
NTC_Advt

काठमाडौं, ३० साउन । ग्लोबल आइएमई बैंकले कालिकोट स्थित सामाजिक युवा कार्य नेपालसंगको सहकार्यमा कालीकोटका विभिन्न सरकारी विद्यालयहरुमा १२ थान कम्प्युटर सहयोग गरेको छ । आफ्नो सामाजिक उत्तरदायीत्व अन्र्तगत बैंकले विकट कालीकोट जिल्लाका विभिन्न सरकारी विद्यालयहरुमा बिद्यार्थीहरुलाई कम्प्युटरको पहुँच पुगोस भन्ने उद्धेश्यले उक्त कम्प्युटरहरु सहयोग गरेको हो ।

बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त कम्प्युटरहरु सामाजिक युवा कार्य नेपाललाई हस्तान्तरण गरे ।

सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले ९१ वटा शाखा ६ वटा एक्सटेन्सन काउण्टर, १०२ एटिएम, ४२ वटा  शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ६ लाख भन्दा बढि ग्राहक माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित: ३० श्रावण २०७३, आईतवार