हुन्डाइको नयाँ शोरुम विर्तामोडमा

Technology Khabar ३० श्रावण २०७३, आईतवार

हुन्डाइको नयाँ शोरुम विर्तामोडमा
Classic Tech

काठमाडौं, ३० साउन । नेपालका लागि हुन्डाइ गाडीको अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले विर्तामोडको लागि आफ्नो डिलर, न्यु अटो प्लाजा कन्सर्न प्रा. लि. संगको सहकार्यमा विर्तामोडमा हुन्डाइको नयाँ सेन्टर स्थापना गरेको छ । उक्त सेन्टरमार्फत ग्राहकले सुविधा सम्पन्न बिक्री कक्ष, अत्याधुनिक मर्मत सेवा तथा हुन्डे जेनुयिन स्पेर पार्टस् खरिद सेवा एकै छाना मुनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

अन्तर्राष्ट्रिय स्तरको सोरुममा एकैचोटि ५–६ वटा हुन्डाइ ब्रान्डका विभिन्न मोडेलका गाडी अटाउन सक्छन् । ग्राहकको सुविधाका लागि लाउन्ज, परामर्श कोठा तथा तालिम प्राप्त बिक्री परामर्शदाताहरूको व्यवस्था गरिएको छ । आफ्ना ग्राहकलाई बिक्रीपछि गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने हेतुले निर्मीत अत्याधुनिक सर्भिस सेन्टरमा तालिमप्राप्त दक्ष जनशक्तिकोे व्यवस्था गरिएको छ ।

एयरकन्डिसन तथा वाईफाई युक्त ग्राहक आराम कक्ष, पर्याप्त पार्किङको व्यवस्था तथा मासिक ४५० गाडि मर्मत तथा सर्भिस गर्ने क्षमता रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।

TK Viber

प्रकाशित: ३० श्रावण २०७३, आईतवार

Loading...