नेपालमा उपलब्ध ग्यालेक्सी एस सेभेन र सेभेन एज क्वाडरुटबाट सुरक्षित, अन्य ब्राण्ड अझै जोखिममा

Technology Khabar २८ श्रावण २०७३, शुक्रबार

नेपालमा उपलब्ध ग्यालेक्सी एस सेभेन र सेभेन एज क्वाडरुटबाट सुरक्षित, अन्य ब्राण्ड अझै जोखिममा

काठमाडौं ।

काठमाडौं, २८ साउन । केहि दिन अघि विश्वभरका करिब ९० करोड स्मार्टफोनहरु जोखिममा रहेको समाचार सार्वजनिक भयो । विश्वका उत्कृष्ट र प्रिमियम सेटहरु नै संक्रमित भएको समाचारले नेपाली स्मार्टफोन प्रयोग कर्ताहरुलाई पनि आशंकित तुल्यायो । नेपालमा उपलब्ध भएका केहि ब्राण्ड तथा मोडलका स्मार्टफोनहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् ।

धेरैले यसबारेमा हामीलाई प्रश्नहरु सोधेर जानकारी लिने गरेका छन् । त्यसैले यसबारेमा स्पष्ट जानकारी दिनु उपयुक्त हुन्छ । अहिले नेपाली बजारमा उपलब्ध रहेको सामसंगका ग्यालेक्सी एस सेभेन र एस सेभेन एज (Galaxy S7 and S7 Edge) स्मार्टफोन क्वाडरुटबाट सुरक्षित रहेका छन् ।

आईटि सेक्यूरिटी फर्म चेक प्वाइन्टले (Check Point ) गरेको एक अनुसन्धानअनुसार क्वालकमका चीपसेट प्रयोग गर्ने एन्ड्रोयड स्मार्टफोनहरु जोखिममा रहेका हुन् । उनीहरुका अनुसार क्वालकमका (Qualcomm) चीपसेट प्रयोग भएका डिभाइसहरुमा क्वाडरुट (Quadroot) नामक कयौं बगहरुको समूहले डिभाइसलाई नियन्त्रण गर्ने र फोनमा भएका सबै डाटामा पहुँच पुर्याउन सक्ने पत्ता लागेको थियो ।zdnet-hero-pic

चेक प्वाइन्टले चर्चित कम्पनीका उच्च तहका फोनहरु जोखिममा रहेको उल्लेख गरेका छन् । प्रभावित भएका डिभाइसहरुमा ब्ल्याकबेरी प्रिभ (BlackBerry Priv) , ब्ल्याकफोन वान (Blackphone 1) र ब्ल्याकफोन टू (Blackphone 2), गूगल नेक्सस ५ एक्स (Google Nexus 5X), नेक्सस सिक्स (nexus 6)  तथा नेक्सस सिक्स पी (Nexus 6P) , एचटिसी वान (HTC One) , एचटिसी एम नाइन (HTC M9) , र एचटिसी १० (HTC 10), एलजी जी ४ (LG G4), एलजी जी ५ (LG G5), तथा एलजी भी १० 9LG V10) , मोटोरोलाको नयाँ मोटो एक्स (Meto X), वानप्लस वान (One Plus One), वानप्लस टू (One Plus 2) र वानप्लस थ्री (One Plus 3), सामसंग ग्यालेक्सी एस सेभेन (Samsung Galaxy S7) तथा एस सेभेन एज (Galaxy S7 Edge), सोनी एक्सपेरिया जेड अल्ट्रा (Sony Xperia Z Ultra) रहेका छन् ।

तर नेपालमा उपलब्ध भएको सामसंगको प्रिमियम फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस सेभेन र एस सेभेन एज सुरक्षित रहेका छन् । अनुसन्धानकर्ताहरुले ग्यालेक्सी एस सेभेन र एस सेभेन एजमा पनि सुरक्षा खतरा रहेको बताएपनि नेपाली बजारमा उपलब्ध भएका सामसंगका फोनहरु एक्सनोज (Exynos) चीपसेटसहितका आउने हुँँदा उक्त क्वाडरुटबाट सुरक्षित रहेका छन् ।MobilesKhabar_Galaxy-S7

मुख्यत सामसंगले क्वालकमको स्न्यापड्रयागनमा आधारित ग्यालेक्सी एस सेभेन र एस सेभेन एज स्मार्टफोन अमेरिका लगायतका केहि मुलुकहरुमा मात्र सार्वजनिक गरेको र अन्य विश्व बजारमा कम्पनीको आफ्नै चीपसेट एक्सनोजमा आधारित ग्यालेक्सी एस सेभेन र एस सेभेन एज उपलब्ध गराएको हुँदा कुनै खतरा छैन् ।

यदि तपाईँलाई आफ्नो फोन सुरक्षित छ की छैन भनेर आफैं जाँच गर्न चाहेमा तपाईँले चेक प्वाइन्टले तयार गरेको क्वाडरुट स्क्यानर डाउनलोड गरेर जाँच गर्न सक्नुहुनेछ । जसले अन्ततः तपाईँलाई ग्यालेक्सी एस सेभेन र एस सेभेन एज सुरक्षित भएको जानकारी दिनेछ ।

तर नेपालमा आधिकारिक रुपमा उपलब्ध रहेका अन्य ब्राण्डहरु एलजी, वान प्लस र सोनीका विभिन्न मोडलहरु भने जोखिममा नै रहेका छन् । एलजी जी ४, एलजी जी ५, तथा एलजी भी १०, वानप्लस वान, वानप्लस टू र वानप्लस थ्री, र सोनी एक्सपेरिया जे अल्ट्रा स्मार्टफोन अझैपनि खतरामा रहेका छन् । अन्य ब्राण्डका स्मार्टफोनहरु बजारमा किन्न सकिने भएपनि आधिकारिकरुपमा भने उपलब्ध रहेका छैनन् ।

यस्ता जोखिममा रहेका र डाटा चोरी हुनसक्ने स्मार्टफोनहरुमा कम्पनीले सार्वजनिकरुपमा नै सेक्यूरिटी प्याच दिने गर्दछ । यस्ता सेक्यूरिटी प्याचहरु सफ्टवेयर अपडेट गर्दा स्वत अपडेट हुने र फोनलाई सुरक्षित बनाउँछ । साेनीले छिट्टै यस्तो सेक्यूरिटी प्याच ल्याउने जानकारी दिएपनि कहिलेसम्म अाउँछ भनेर मिति तोकेको छैन भने अन्य फोनहरुमा हालसम्म यस्ता सेक्यूरिटी प्याच आएको कुनै जानकारी आईसकेको छैन् ।

त्यसैले चेक प्वाइन्टको सल्लाहअनुसार तेस्रो पक्षका एप स्टोरहरु प्रयोग नगर्न र थाहा नभएको वाईफाई नेटवर्कहरुबाट बच्नु नै अहिलेका लागि उपयुक्त हुनेछ ।

Global Bank
easy care

प्रकाशित: २८ श्रावण २०७३, शुक्रबार

ताजा समाचार