स्टाण्डर्ड चाटर्ड नेपाल ‘सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६’ को बिजेता

Technology Khabar २७ श्रावण २०७३, बिहीबार

स्टाण्डर्ड चाटर्ड नेपाल ‘सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६’ को बिजेता

काठमाडौं ।

काठमाडौं, २७ साउन । स्टाण्डर्ड चाटर्ड बैंक, नेपालले सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड एसिया २०१६ (Asia Best Employer Brand Awards 2016 को उपाधि जितेको छ । Employer Branding Institute (EBI) र अन्य कुटनीतिक साझेदारद्धारा आयोजित उक्त कार्यक्रमलाई Asian Confederation of Businesses द्धारा प्रायोजित गरिएको थियो । स्टान्डर्ड चार्टर्ड नेपाल, बैंकका तर्फबाट एच.आर. प्रमुख बीना राणालेउक्त पुरस्कार ग्रहण गरेकी थिईन् ।

प्रत्येक देशमा सर्वश्रेष्ठ रोजगारदाता ब्राण्ड सम्बन्धी रिसर्च स्वतन्त्र एसियाली व्यवसायीहरुको एक टोलीले गरेको थियो । उक्त टोलीमा ७ वर्षको रिसर्च अनुभव भएका इतिहास र व्यवस्थापन विषयहरुका पोष्ट ग्राजुएटहरु सामेल थिए ।

विजेताहरुको छनौट विशिष्ठ Learning & Development Initiatives, Communicating distinctiveness in Employee hiring, Training तथा Retention Practices, र Continuous Innovation का आधारमा गरिएको थियो ।

यस बर्ष बैंकले ग्लोवल फाइनान्सको सर्वश्रेष्ठ डिजिटल बैंक पुरस्कार २०१६ र उत्कृष्ठ वर्ष २०१६ को युरोमनी पुरस्कार जितेको थियो ।

Global Bank
easy care

प्रकाशित: २७ श्रावण २०७३, बिहीबार